सरकारी वकिल कार्यालय कपिलवस्तुका प्रमुख मरासिनीको सरुवा

न्युज सेन्टर नेपाल –
जिल्ला सरकारी वकिल कार्यालय कपिलवस्तुका प्रमुख प्रकाश मरासिनीको सरुवा भएको छ । न्याय सेवा आयोगको बैठकले उहालाई सरुवा गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि कपिलवस्तुको न्याय सम्पादनमा काम गर्दै आएका मरासिनीलाई मंगलबार एक कार्यक्रम बिच विदाई गरिएको हो ।
उहाको उच्च सरकारी वकील कार्यालय बुटवलमा सरुवा भएको छ ।
मरासिनी गत प्रतिनिधि सभा र प्रदेश सभाको कपिलवस्तु क्षेत्र नं ३ को निर्वाचन अधिकृतको जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्नु भएको थियो ।
मंगलबार जिल्ला सरकारी वकील कार्यालय कपिलवस्तुमा अयोजित विदाइ कार्यक्रममा प्रमुख मरासिनीले आफु करिब २ वर्षको कार्यालय प्रमुखको रुपमा रहँदा पेसाप्रतिको दायित्व र राष्ट्र सेवकले निर्वाह गर्नुपर्ने कर्तव्य र जिम्मेवारी सफल तवरले निर्वाह गर्नमा सहयोग गर्नेलाई धन्यवाद दिनुभयो ।
मरासिनीले भन्नू भयो- “कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता लगायत कर्मचारी साथीहरुको सहयोग, समन्वयमा रहेकोमा कार्यालयका कर्मचारी साथीहरु प्रति धन्यवाद् व्यक्त गर्दछु। कार्यालयले गर्नु पर्ने कामको जिम्मेवारी अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवरत्न पौडेल, अन्य अनुसन्धान अधिकृतहरुको सहयोग, समन्वयनमा केही नवीनतम् कामहरू समेत गर्नमा सफल भएकोमा समग्र जिल्लाका प्रहरी कर्मचारीहरु प्रति विशेष धन्यवाद् व्यक्त गर्दछु ।”

