Connect with us
Kapilvast Forest

दैलेखको दुल्लुमा बिहे गर्न वडाको सिफारिस चाहिने

२०८१, २८ असार बिहीबारमा प्रकाशित

दैलेखको दुल्लु नगरपालिकाको १२ नं. वडाले बिहे गर्न वडाबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । बाल विवाह न्यूनीकरण गर्न भन्दै वडाले उक्त क्षेत्र बिहे गर्ने युवा वा युवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने बनाएको हो ।

वडाले असार २६ गते एक सूचना जारी गरी साउन १ गतेबाट बिहेका लागि वडाको सिफारिस अनिवार्य रुपमा लिन जानकारी दिएको हो । असार २१ गते बसेको वडा समितिको बैठकले विहेका लागि वडाको सिफारिस चाहिने निर्णय गरेको थियो ।

वडामा ५० प्रतिशतभन्दा बढीले बाल विवाह गर्दै आएको र न्यूनीकरणका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम गर्दा पनि कमी नभएपछि अनुमति सिफारिस लिनुपर्ने व्यवस्था गरेको वडाध्यक्ष लिलाराम लम्सालले बताए ।

‘हाम्रो वडामा अधिकांंश दलित र जनजाति समुदाय बस्छन् । धेरैले सानैमा बिहे गर्छन् । बाल विवाह गर्नुहुन्न भनेर कार्यक्रम गर्ने, स्कुलस्कुलमा पुगेर कतिलाई सम्झायौं र पनि भएन’, उनले भने, ‘वडाले नै केही निर्णय गरिदिएपछि कमी होला कि भन्ने हाम्रो लक्ष्य हो ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu