Connect with us
Kapilvast Forest

थापा हत्याका दुई आरोपीद्वारा आत्मसमर्पण

२०८१, २९ असार शुक्रबारमा प्रकाशित

छुरा प्रहारबाट हत्या गरिएका राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्वसदस्य रवि थापाको हत्याका दुई आरोपीले आत्मसमर्पण गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

आत्मसमर्पण गर्नेमा बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले शुक्रबार आत्मसमर्पण गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए ।

गत जेठ २ गते कालिकानगरको एक रेष्टुरेन्टमा छुरा प्रहारबाट घाइते भएका बुटवल–७ निवासी ३६ वर्षीय रविको उपचारका क्रममा असार १८ गते बिहान निधन भएको थियो । रविको हत्या आरोपीहरुले आत्मसमर्पण गरेकाले अब घटनाको थप अनुसन्धान अगाडि बढ्ने प्रहरीले जनाएको छ ।

राष्ट्रिय युवा संघ रुपन्देहीले घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारवाही गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै दबाबमूलक कार्यक्रम गरेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu