Connect with us
Kapilvast Forest

मुस्लिम र हिन्दु समुदायले मोहरर्म पर्व मनाउदै

२०८१, २ श्रावण बुधबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायले आज मोहरर्म पर्व मनाउदै छन ।
इस्लाम धर्मको पात्रो हिजरी संवत् १४४६ मोहरर्म महिनाको आज १० तरिखका दिनलाई यस पर्वलाई विशेष रुपमा मनाइने चलन रहिआएको छ । अरेबिया क्यालेन्डर हिजरी सम्वतको मोहर्रम पहिलो महिना हो ।

इराकको कर्वलामा पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहे वसल्लमका नाति हजरत ईमाम हुसैनसहित परिवारका सदस्य र अन्य शहिदहरूको सम्झनामा मोहर्रम पर्व मनाउने प्रचलन सदियौंदेखि चल्दै आएको छ ।

मुस्लिम समुदायले दुःख प्रकट गरी मनाइने मोहर्रम पर्वको अन्तिम दिन विविध कार्यक्रमका साथ मोहर्रम पर्व मनाउदै छन ।

कपिलवस्तुका मुस्लिम र हिन्दु समुदायले आज ताहाजिया विसर्जन गरेर मोहर्रम पर्वको मनाइरहेको मौलाना अकरम खानले बताउनु भयो । ।

अहिले यो पर्वलाई मधेसका हिन्दु समुदायले समेत अँगालेकोले सद्भाव कायम गर्न यसले निकै राम्रो सद्भाव फैलिएको रहिस शाहले बताउनु भयो । एक आपसमा भाइचारा कायम गर्न मुस्लिम समुदाय भन्दा हिन्दुहरूको मुहर्रम प्रति आस्था बढ्दै गएको शाहले बताउनु भयो ।

आफुले भाकल गरेको पुराभएपछी हिन्दु समुदायले समेत यस पर्वमा मुस्लिम जस्तै ताहाजिया बनाउने, व्रत बस्ने गरेको कपिलवस्तु शिवराज ३ का कासिराम यादवले बताउनु भयो ।

भाकल गरी घरमा स्थापना गरिएको तहजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, संवृद्धि तथा मनोईच्छा पुरा हुने गरेको कासिरामको भनाई रहेको छ ।

यो पर्व श्रद्धा पूर्वक मनाउनाले पारिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ ।
मुस्लिम दाजुभाईहरुसंगै यो पर्व मनाउन पाउँदा आफूलाई निकै खुसी लागेको बरगदवाका प्रशुराम चौहानले  बताउनु भयो ।

मुस्लिम र हिन्दु समुदायले मोर्हरमको ९ तारिख मंगलबार राती घरघरमा स्थापना गरेका ताहाजीया बुधबार कर्बलामा पुगेर विसर्जन गरी मोहर्रम पर्व समापन हुने मौलाना अकरमले जानकारी दिनुभयो ।

कपिलवस्तुको ५० भन्दा बढी स्थानमा मोहरर्म पर्वको अवसरमा मेला लागेको छ । मेलामा ढोल, तासा, झज बजाएर मोहरर्मको ताहाजिया विसर्जन गरिनेछ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu