Connect with us
Kapilvast Forest

नेपाल फर्काउने व्यवस्थाका लागि ३५ विद्यार्थीको आग्रह

२०८१, ६ श्रावण आईतवारमा प्रकाशित

बङ्गलादेशमा भड्किएको हिंसा र त्यसपछिको लगातार कर्फ्युका कारण त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले नेपाल फर्काउने व्यवस्थाका लागि आग्रह गरेका छन् ।

त्यहाँको इन्स्टिच्युट अफ एप्लाइड हेल्थ साइन्समा अध्ययनरत नेपाली विद्यार्थी सजिना शाहीले गोरखापत्र अनलाइनसँगको टेलिफोन सम्पर्कमा भन्नुभयो, ‘‘हामी यहाँ ३५ जना नेपाली विद्यार्थी अध्ययन गरिरहेका छौं, निरन्तर कर्फ्यु लागेको छ, त्यसको समय पटक पटक परिवर्तन हुने र बढ्ने गरेको छ, यस्तै अवस्था रहेमा हामी फर्कनुको विकल्प छैन ।’’

शाहीका अनुसार, कतिपय विद्यार्थीसँग आफैं टिकट काटेर फर्कन सक्ने क्षमता पनि नभएको, टेलिफोन सम्पर्क पनि राम्रोसँग हुने र इन्टरनेटमा पनि समस्या रहेको छ । कर्फ्युका कारण बाहिर निस्कन नपाउनेजस्ता धेरै समस्या छन् ।

कोटा प्रणाली लागू गर्ने सरकारको निर्णयपछि विद्यार्थीले चलाएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि त्यहाँ कर्फ्यु जारी गरिएको छ ।

त्यसको कारण झण्डै आठ सय नेपाली विद्यार्थी हवाइमार्ग र स्थलमार्गबाट नेपाल आउँदै गरेको परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले शनिबार जानकारी दिनुभएको छ । साथै उहाँका अनुसार बङ्गलादेशका विभिन्न स्थानबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकाहरूमा सुरक्षित यात्राका लागि समन्वय गरिएको छ ।

बङ्गलादेशमा कोटा प्रणालीको विरोधमा हिंसा भड्किएपछि तनाव सिर्जना भएको छ । नेपालले त्यहाँ अध्ययन गर्दै आएका नेपाली विद्यार्थीलाई ल्याउने प्रयास यसअघि नै सुरु गरेको छ ।

साथै परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिनुहुन अभिभावकसँग अनुरोध गरेको छ ।

जारी गरिएको सूचनामा भनिएको छ, ‘‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा पर्नुभएका नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि यस मन्त्रालयले स्थापना गरेको देहायबमोजिमको लिङ्कमा अनलाईन निवेदन दिनुहुन अनुरोध छ ।निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नुहुनेछ ।’’
https://legal.nepalconsular.gov.np/passport

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu