Connect with us
Kapilvast Forest

शिवराजमा नियम विपरित कर्मचारी नियुक्ती

२०८१, ८ श्रावण मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तु शिवराज नगरपालिकाले नियम विपरित करारमा कर्मचारी नियुक्त गरेको छ । नगरपालिकाले आधारभुत स्वास्थ्य सेवा अस्पतालमा शिवराज ८ का महेश प्रसाद चौधरीलाई अहेव पदमा नियम विपरित नियुक्त गरेको हो ।

शिवराज नगरपालिकाको करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०८० (दोस्रो संशोधन २०८१) लाई राजपत्रमा प्रकाशित गरी नियम विपरित चौधरीलाई करार सेवा अन्तरगत अहेव पदमा नियुक्ती गरेको छ ।

शिवराज नगरपालिकाको करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०८० (दोस्रो संशोधन २०८१) मिति २०८१ असार १४ गते प्रकाशित शिवराज राजपत्रमा प्रकाशित गर्यो । कुनै पनि कार्यविधि राजपत्रमा प्रकाशित गरेपछी मात्र लागु हुने प्रवधान रहेको छ । तर शिवराज नगरपालिकाले राजपत्र प्रकाशन हुनु भन्दा १६ महिना पहिल्यै कै विज्ञापनलाई आधार बनाई कर्मचारी नियुक्त  गरेको  छ ।
चौधरीलाई साउन १ गतेको शिवराज नगरपालिकाको निर्णय अनुसार आधारभुत स्वास्थ्य सेवा अस्पतालमा करारमा नियुक्ती गरेको हो । तर कार्यालयले के निर्यण गरेको हो अझैसम्म खुलाएको छैन । चौधरीलाई १६ महिनापछि नियुक्ति गरेपछि नगरपालिका नै शंकाको घेराभित्र परेको छ ।

 

नगरपालिकाले २०७९ चैत्र ३ गते नै करारमा कर्मचारी भर्नाका लागि विज्ञापन प्रकाशित गरेको थियो । तर सोही विज्ञापनलााई आधार बनाई नियम विपरित शिवराज नगरपालिकाका प्रशासन शाखा प्रमुख डिल्लीराज भटराईले २०८१ साउन १ गते नियुक्ती दिएको पत्रमा खुलेको छ ।

उक्त विज्ञापन अनुसार अहेव पदमा देवी पुन क्षनोट भई कार्यालयमा हाजिर हुनु भएको थियो । पुनले ४ महिना मै जागिरबाट राजिनामा दिनुभएको थियो । देवी पुनले राजिनामा दिएको ६ महिना पछी मात्र महेश प्रसाद चौधरीलाई नियुक्ती गरिएको पाइएको छ । पुृनले जागिर छोडेको ६ महिना पछी चौधरीलाई नियुक्ती गरिएको विषय आर्थिक चलखेल हो की भन्ने अशंका गरिएको छ ।

शिवराज नगरपालिकाको करारमा कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०८० (दोस्रो संशोधन २०८१) राजपत्रमा के लेखिएको छ । यस कार्यविधीमा अन्यत्र जुनसुकै कुरा उल्लेख गरिएको भएपनि कुनै पनि दरबन्दीमा करार सेवामा कार्यरत कुनै कर्मचारीले करार सेवामा नियुक्ती लिएको १ बर्षभित्र उक्त पद पुन रिक्त रहेको अवस्थामा उक्त पदमा कर्मचारी नियुक्तीका लागि नतिजा प्रकाशन गर्दा बैकल्पीक कर्मचारीमा सुचिबाट योग्यताक्रम अनुरुप हुने गरी करार सेवामा नियुक्ती दिन बाधा पर्ने छैन ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu