Connect with us
Kapilvast Forest

साइबर सुरक्षा सल्लाहकारमा अधिकारी

२०८१, १३ श्रावण आईतवारमा प्रकाशित

नेपाल चेम्बर अफ कमर्सले आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिको साइबर सुरक्षा सल्लाहकारमा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) का महासचिव चिरञ्जीवी अधिकारी नियुक्त हुनुभएको छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको साइबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई साइबर सुरक्षा सल्लाहकारमा मनोनयन गर्नुभएको हो। अधिकारी क्यान महासङ्घका महासचिव, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनका निवर्तमान अध्यक्ष, इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुनुहुन्छ।

विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापन समेत गर्दै आउनुभएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आउनुभएको छ।

अधिकारीले इन्फर्मेसन सेक्युरिटी, आइटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्त्वपूर्ण विषयमा काम गर्नुभएको छ।

चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले साइबर सुरक्षाको विषयमा आवश्यक सहयोग, सुझाव पाउने विश्वास लिएको उल्लेख गर्नुभएको छ । चेम्बर अफ कमर्सका आइटी सफ्टवेयर तथा टेक्नोलोजी समितिका अध्यक्ष विज्ञान श्रेष्ठ हुनुहुन्छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu