पदच्युत भएका प्रधानअध्यापकलाई २४ घण्टे स्पष्टीकरण
देउखुरि , भदाै २ गते । दाङको राजपुर गाउँपालिका वडा ७ मावि सिक्टाका पदच्युत भएका प्रधानअध्यापक विष्णु खत्रिलाई राजपुर गाउँपालिकाले २४ घण्टे स्ष्टिकरण सोधेको छ ।
लामो समय देखि मावि सिक्टामा विद्यालय ब्यवस्थापन समिति गठन नगरेको र मावि सिक्टाका सिनियर शिक्षक भरत वस्नेतले शिक्षा ऐन अनुसार २०२८ सम्साेधन सहित शिक्षा नियमावलि २०५९ सम्साेधन सहित २०८१जेष्ठ २९ गते पालिकामा निवेदन दिएकाे र राजपुरपालिकाले स्थाइ शिक्षक सृजना खनाल र देव वहादुर वस्नेतलाई साेध्दा उहाहरुले जिम्मेवारि नलिने भनि निवेदन पेश गरेका कारण पालिकाले २०८१ साउन ३१ गते भरत वस्नेतलाई निमित्त प्रअकाे जिम्मेवारि दिएकाेथियाे ।
वस्नेतले जिम्मेवारि पाईसके पछि पदच्युत प्रअ खत्रिले अाफ्नाे सामाजिक सञ्जाल फेसवुकमा पालिका अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख लगायत लाई कर्मचारिलाई तथाना गालिगलाेज गर्ने, पदभार गर्दा निमित प्रअलाई कुर्चि वाट लतार्ने लगायतका घटनमा खत्रिकाे संलग्नता देखिएकाे विषयमा राजपुर गाउपालिकाले २४ घण्टे स्पष्टिकरण साेधेकाे हाे ।
राजपुरगाउपालिकाले साेधेकाे स्पष्टिकरणमा लेखिएको शिक्षक जस्ताे मर्यादित पदमा अाशिन भयकाे ब्यक्तिले यस्ताे गतिविधि कुन ऐन कानुन वमाेजिम गर्नु भयकाे हाे ? शिक्षा नियमावलि २०५९ (सम्साेधन सहित ) काे नियम १० वमाेजिम २४ घण्टा भित्र अाफै उपस्थित भई लिखित स्पष्टिकरण दिनु उल्लेख गरिएकाे छ।
पालिकाले शिक्षा ऐन अनुसार काम गर्दा शिक्षक वाट भएकाे गलत गतिविधि ठहर गर्दै स्पष्टिकरण साेधेकाे शिक्षा शाखा प्रमुख केशव लम्सालले वताउनु भयो |
मावि सिक्टाका पदच्युद प्रधानअध्यापक विष्णु खत्रिले अाफ्नाे फेसवुकमा राजपुर गाउँपालिका अध्यक्ष शरद वुढाथाेकि, प्रमुख प्रशासकिय अधिकृत विष्णु पाण्डे , शिक्षा शाखा प्रमुख केशव लम्साल लगायतका कर्मचारि लाई नकारात्मक टिकाटिप्णि लेख्नुकाे साथै पालिका वाट जिम्मेवारि दिएका निमित्त प्रअ भरत वस्नेतलाई पदभारका क्रममा कुर्चि वाट लतेकाे अाराेप लगाईएकाे छ।