Connect with us
Kapilvast Forest

अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु

२०८१, ३ भाद्र सोमबारमा प्रकाशित

जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

आइतबार राती जिल्लाको नलगाड नगरपालिका २ माझगाउँमा आएको पहिरोले लालबहादुर परियारकोे अस्थायी टहरा पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषेत्तम पाण्डेले मृत्यु हुनेहरुमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिशा परियार र २ वर्षीय शिभम परियार रहेको बताउनुभयो । मृत्यु तीन जना एकै परिवारका सदस्य रहेका छन् ।

घटनाको खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी घटना स्थलतर्फ गएर सबै मृतकको शव निकालेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu