Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटामा रेशम चौधरी र रहिस शाह विच भेटघाट

२०८१, ३ भाद्र सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
नागरिक उन्मुक्ति पार्टीका प्रमुख नेता रेशम चौधरीले कपिलवस्तु जिल्लाको चन्द्रौटामा राजनीतिक भेटघाट गर्नु भएको छ । शिवराज नगरपालिका-५, चन्द्रौटामा रहेको नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य रहिस शाहको निजी सचिवालयमा भेटघाट सम्पन्न भएको हो।

उक्त भेटमा रेशम चौधरी र रहिस शाहबीच राजनीतिक बिचार विमर्शमा वर्तमान राजनीतिक अवस्थाको समीक्षा र आगामी रणनीतिहरूमा विस्तृत छलफल भएको थियो ।

रहिस शाहका अनुसार, भेटघाटको प्रमुख विषयवस्तु देशको वर्तमान राजनीतिक परिप्रेक्ष्यमा नयाँ योजनाहरूको निर्माण र कार्यान्वयनमा केन्द्रित थियो ।

भेटमा देशको राजनीतिक अस्थिरता, संघीयताको प्रभाव, आर्थिक प्रगति, र स्थानीय तहको भूमिकाबारे छलफल भएको रहिस शाहले जानकारी दिनुभयो ।

यस महत्त्वपूर्ण छलफलमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य कृष्ण कुमार चौधरी, नेपाल हज समितिका सदस्य मिर्जा रसिद बेग, शिवराज वडा नं ६ का वडा अध्यक्ष मेहताब खान, वडा नं ७ का अध्यक्ष अनुप चौधरी, एकीकृत समाजवादी पार्टी कपिलवस्तुका जिल्ला सचिव तथा  युवा समाजसेवी इन्तेखाब खा,  समाजसेवी नवाब शाह लगायतका विशिष्ट व्यक्तिहरूले पनि सहभागीता जनाउनुभएको थियो।

सहभागीहरूबीच पार्टीहरूको राजनीतिक दृष्टिकोण, सन्तुलन कायम गर्ने प्रयास, र आगामी निर्वाचनमा साझा रणनीति बनाउने सम्बन्धमा पनि बिस्तृत छलफल भएको बताइएको छ।

रेशम चौधरीको चन्द्रौटा आगमन र यो भेटघाटले कपिलवस्तु क्षेत्रको राजनीतिक परिदृश्यमा नयाँ ऊर्जा थपेको विश्वास गरिएको छ।

यसले क्षेत्रीय राजनीतिक गतिविधिहरूलाई सक्रिय बनाउनुका साथै स्थानीय नेताहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने आशा गरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यस प्रकारका भेटघाटहरू देशभरका अन्य क्षेत्रहरूमा पनि हुने संभावना रहेको छ, जसले गर्दा नागरिक उन्मुक्ति पार्टीको प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ।

कपिलवस्तुमा सम्पन्न यो भेटवार्ता र त्यसले उत्पन्न गरेको राजनीतिक सरगर्मीले निकट भविष्यमा राजनीतिक स्थायित्व र सहकार्यको नयाँ दिशा प्रदान गर्ने संकेत गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu