दाङको गढवामा तिज मिलन कार्यक्रम
दुख हरण यादव,दाङ-दक्षिण देउखुरी अधिकार मन्च गढवा अन्तर्गत गठित दियालो मुल समितिको गढवा ६ र ७ को आयोजनामा संस्कृति सभ्यताको जननि भन्ने मुल नाराको साथ तिज मिलन तथा दर कार्यक्रम बिहिबार गढवाको मनिकापुरमा सम्पन्न भएको छ ।
दियालो मुल समितिका अध्यक्ष चित्र बहादुर खड्काको अध्यक्षता ,गढवा गाउपालिकाकि उपाध्यक्ष शरदा चौधरीको प्रमुख आथित्यमा भएको तिज मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले तिजलाइ आधुनिकताको नाममा भड्किलो न भएर सभ्य बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा शुभकामना दिंदै गढवा गाउँपालिकाकि उपाध्यक्ष तथा प्रमुख अथिति शारदा चौधरीले मौलिक रुपमा मनाइदै आएको तिज गित तथा दर खाने चलन लाइ मौलिकताकै रुपमा मनाएमा मात्र संस्कृति कायम हुन सक्ने बताउदै आधुनिकताको नाममा भड्किलो तिज नमनाउन दिदि बहिनि हरुलाइ अनुरोध गर्नु भएको थियो ।
कार्यक्रममा घुम्तिकोस बापतको २०/२० हजारको दरले गढवा गाउपालिका वडा न ६ हरियालि महिला समुहकि सिटुल कुमाल,प्रगति समुह जमुनिबासकि कल्पना बुढा,उपकार समुह कक्रहवाकि नितु केसि ,सयपत्री समुह मनिकापुरकि रुपा गिरिलाइ प्रदान गरिएको थियो त्यसै गरी तिज मिलन कार्यक्रमको अवसरमा आमा र बच्चाको स्वास्थ्य सुधारको लागि सुत्केरी तथा गर्भवति आमालाइ एक क्यारेट अन्डा र आधा केजि हर्लिक्स सहित पोषण किट बितरण गरिएको थियो ।
कार्यक्रममा गढवा गाउपालिका वडा नं ६ का वडा अध्यक्ष बिर बहादुर आले,इलाका प्रहरी कार्यालय गढवाका प्रमुख कालिका कार्कि,गढवा वडा नं ७ कि सदस्य रेखा थापा,कमला परियार,गौशला ब्यबस्थापन समिति गढवाका जित बहादुर आले,पत्रकार शिवराज पन्थी दुख हरण यादव,दक्षिण देउखुरी अधिकार मन्चकि पुजा चौधरी ,निर्मला खड्का,लगायतको सहभागिता रहेको थियो ।
दक्षिण देउखुरी अधिकार मन्चका अध्यक्ष देव राज कुंवरको बिसय प्रबेश बाट शुरु भएको कार्यक्रमको सन्चालन कमला बिस्ट सुबेदिले गर्नु भएको थियो ।