कपिलवस्तुको कृष्णनगरमा तीज मिलन कार्यक्रम सम्पन्न
कपिलवस्तुको कृष्णनगरमा तीज गीत विशेष कार्यक्रम सम्पन्न भएको छ। कृष्णनगर उद्योग वाणिज्य संघको हालमा आयोजित यस कार्यक्रममा कृष्णनगर नगरपालिकाको सहयोग र सुपादेउराली महिला समूहको सहकार्य रहेको थियो।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका उपप्रमुख आरती चौधरीको विशेष उपस्थिति रहेको थियो। साथै, कार्यक्रममा विभिन्न महिला समूहका अगुवा महिलाहरु, मानव वेचविखान विरुद्ध कार्यरत संघ-संस्थाका प्रतिनिधिहरु, नेपाल प्रहरी, र सशस्त्र प्रहरीको समेत सहभागिता थियो।

यो तीज गीत कार्यक्रमले महिला सशक्तिकरण र सांस्कृतिक धरोहरको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको छ। कार्यक्रममा सहभागीहरुले तीज गीत गाएर र नाचेर मनोरञ्जन गरे भने, महिलाहरुको अधिकार र समानताको पक्षमा आवाज पनि उठाए।