शिवराज साझेदारीको छैठौं साधारण सभा सम्पन्न
न्युज सेन्टर नेपाल-कपिलवस्तुको शिवराज साझेदारी बन उपभोक्ता समूहको छैठौं साधारण सभा सम्पन्न भएको छ । शिवराज नगरपालिका ५ स्थित चन्द्रौटास्थित दुर्गा मन्दिरको सभाहलमा साधारणसभा सम्पन्न भएको हो । साझेदारीको आर्थिक र प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सभाले संस्थाको हालसम्मको गतिविधि, उपलब्धिहरू र भावी योजनाहरूको समीक्षा गरेको साझेदारीका अध्यक्ष हरिप्रसाद पोख्रेलले बताउनु भयो ।
डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख राजु क्षेत्री प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा कपिलवस्तु साझेदारी बनका अध्यक्ष गंगेशनाथ तिवारी र गौतमबुद्ध साझेदारी बनका अध्यक्ष परवेज आलमले समेत शुभकामना मन्तव्य राखेका थिए ।
उक्त अवसरमा अतिथिहरुले संस्थाको कार्यक्षमतामा सुधार ल्याउन र आगामी दिनहरूमा थप योजनाहरू कार्यान्वयन गर्न प्रोत्साहन दिएका थिए । अध्यक्ष पोख्रेलले संस्थाको प्रगतिको लागि सबै सदस्यहरूको योगदान महत्त्वपूर्ण भएको बताउँदै आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साधारण सभाले संस्थाको आर्थिक अवस्था मजबुत बनाउँदै दिगो विकासका लागि विभिन्न योजना कार्यान्वयन गर्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।