Connect with us
Kapilvast Forest

कपिलवस्तुको तौलिहवामा जसपाको पार्टी कार्यालय स्थापना

२०८१, १७ आश्विन बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी
जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुको नयाँ पार्टी कार्यालय तौलिहवामा उद्घाटन गरिएको छ । जसपाका जिल्ला अध्यक्ष इरफान खानले पार्टीको संगठनलाई थप सुदृढ बनाउन नयाँ कार्यालय उदघाटन गरेको बताउनुभयो ।

उद्घाटन समारोहमा प्रमुख अतिथि जसपाका केन्द्रिय सदस्य गीता श्रीवास्तवले पार्टीका कार्यकर्ताहरूलाई संगठनको मजबुतीका लागि निरन्तर लाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “पार्टीलाई बलियो बनाउने जिम्मेवारी हामी सबैको हो । संगठनलाई मजबुत बनाउन र जनतासम्म पार्टीको विचार र कार्यक्रम पुर्‍याउन हामीले एकताबद्ध भएर काम गर्न आवश्यक छ।”

उक्त कार्यक्रमको विशिष्ट अतिथिका रूपमा लुम्बिनी प्रदेश संयोजक महेन्द्र यादवले पार्टी विस्तारमा प्रदेशस्तरीय नेतृत्वको प्रतिबद्धता प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, “यो नयाँ कार्यालयले कपिलवस्तु जिल्लामा जसपाको उपस्थिति र गतिविधिलाई अझ प्रभावकारी बनाउनेछ, र हामीले जनताको सेवा गर्न निरन्तर लागि रहनुपर्छ ।”

जनता समाजवादी पार्टी (जसपा) कपिलवस्तुको नयाँ कार्यालय उद्घाटन कार्यक्रममा सहभागी नेताहरूले पार्टीको संगठन र आगामी कार्ययोजनाका बारेमा आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।

जसपा नेता सतीश गुप्ताले पार्टीको संगठनलाई थप सुदृढ बनाउन सबै तह र तप्कामा कार्यकर्ताहरूले इमानदारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी सबैको उद्देश्य पार्टीलाई बलियो बनाउनु हो, र यसका लागि हरेक कार्यकर्ताले आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ ।”

जसपा नेता राम रेखा यादवले आफ्नो मन्तव्यमा जनताको हक र अधिकारका लागि निरन्तर संघर्ष गर्नुपर्ने बताउँदै, “पार्टीले जनताको मुद्धा उठाउने एक सशक्त प्लेटफर्मको रूपमा आफूलाई प्रस्तुत गरेको छ । हामीले यसलाई अझ सशक्त बनाउँदै लैजानु पर्छ,” भन्नुभयो ।

चन्दिरीका यादवले सबै बर्गको सहभागिता र सशक्तिकरणको आवश्यकता औंल्याउँदै, “महिलाहरूको उपस्थिति र योगदानबिना कुनै पनि संगठन बलियो हुन सक्दैन । जसपाले महिलाहरूलाई अग्रपंक्तिमा ल्याउन निरन्तर प्रयास गर्नुपर्छ,” भन्नुभयो ।

उद्घाटन कार्यक्रममा नेताहरूले संगठनलाई समृद्ध बनाउन सुझावहरू राख्दै, स्थानीय तहमा पार्टीको प्रभावकारी भूमिका खेल्न आवश्यक रणनीतिहरूबारे चर्चा गर्नुभयो ।
जिल्ला सचिव उदयभान यादवले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu