Connect with us
Kapilvast Forest

शिवराजमा प्रथम वडाअध्यक्ष कप भलिवल प्रतियोगिता

२०८१, १८ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ देउराली टोल खरेन्द्रपुरमा लोक सञ्चार मिडिया प्रा.लिको आयोजना तथा वडा नम्वर ३ को सहयोगमा संचालित ३ दिने प्रथम वडा अध्यक्ष कप भलिवल प्रतियोगिताको सम्पन्न भएको छ ।

३ दिन सम्म लगातार जित हात पार्दै आयोजक टिमले उपाधी चुमेको छ । फाइनल खेलमा ३–२ को सेटमा राइजिङ स्टार युवा क्लव चन्द्रौटालाई पछि पार्दै जित हासिल गरेको हो । राइजिङ स्टार युवा क्लव चन्द्रौटाले द्धितिय स्थानमा चित्त बुझाएको छ । यस्तै तृतिय स्थानमा बुद्धभुमी भलिवल कलवले तिनघरे भलिवल कल्वलाई २–१ को सेटमा पराजित गर्दै तृतिय स्थान हासिल गरेको छ ।

प्रथम हने आयोजकले रु १५ हजार मेडल र प्रमाण पत्र, द्धितिय हुने राइजिङ स्टार युवा क्लवले रु ८ हजार मेडल र प्रमाण पत्र र तृतिय हुने बुद्धभुमी भलिवल कलवल रु ५ हजार मेडल र प्रमाण पत्र हात पार्न सफल भएको हो प्रतियोगितामा कुल ११ टिमको सहभागिता रहेको लोक सञ्चार मिडिया प्रा.लि का संयोजक नवराज पौडेलले जानकारी दिनु भयो ।

समापन समारोहलाई सम्वोधन गर्दै वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले वडाका खेलाडी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगितामा पुग्न यो प्रतियोगिताले टेवा पुग्ने बताउदैं हरेक वर्ष वडाले प्रतियोगिता आयोजना गर्ने बताउनु भयो ।

उहांले खेलले खेलाडी लाई अनुसासित बनाउने भएकोले खेलकुदमा युवाहरुलाई आकर्षित गर्न सके सम्मुनत समाजको निमार्ण गर्न सकिने बताउनु भयो । समापन समारोहमा स्थानिय समाजसेवी, बुद्धिजिवी संचारक्रमी लगाएको उपस्थिती रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu