Connect with us
Kapilvast Forest

नेकपा एसका नेताहरू एमालेमा फर्किएपछी…

२०८१, १८ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु (नेकपा एकीकृत समाजवादीको शिवराज नगरका नेता तथा कार्यकर्ताहरू एमालेमा समाहित भएका छन्। एमाले शिवराज नगर कमिटीको आयोजनामा आज भएको पार्टी प्रवेश कार्यक्रममा एकीकृत समाजवादीका थुप्रै नेता र कार्यकर्ताहरू एमालेमा फर्किएका हुन्।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य छविलाल शर्माको नेतृत्वमा, प्रदेश सदस्य जित बहादुर रावत, कपिलवस्तु जिल्ला सचिव सरोज पौडेल, जिल्ला सदस्य बल बहादुर बिस्वकर्मा, शिवराज उपाध्यक्ष सम्झना चौधरी, युवा संघ अध्यक्ष रुपेन्द्र आचार्यलगायतका १५० भन्दा बढी नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, र लोसपा लगायतका १०० भन्दा बढी नेता तथा कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेको एमाले शिवराज अध्यक्ष महादेव पोखरेलले जानकारी दिनु भयो ।

नव प्रवेसि तथा एमालेमा समाहित नेता कार्यकर्तालाई एमाले केन्द्रीय सदस्य तथा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारिले स्वागत गर्नु भएको थियो ।

आज भएको कार्यक्रममा पार्टीमा समाहित भएपछि एकीकृत समाजवादी पार्टीको शिवराज नगरमा कार्यकर्ता न्यून भएका छन । धेरै नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेपछि पार्टी लगभग रित्तिएको राजनीतिक बिश्लेकहरुले जनाएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu