अन्तर्राष्ट्रिय हिन्दु परिषद नेपालको अध्यक्षमा खराल
किरणमान बज्राचार्य
कपिलवस्तु,
अन्तर्राष्ट्रिय हिन्दु परिषद नेपालको अध्यक्षमा शंकर खराललाई जिम्मेवारी दिइएको छ । परिषदको कपिलवस्तुको सदरमुकाम तौलिहवामा संपन्न बैठकले खराललाई राष्ट्रिय अध्यक्षको जिम्मेवारी दिइएको हो ।
बैठकले हेम शंकर अरगरिन्वा राष्ट्रय कार्यकारी अध्यक्ष, उपाध्यक्षहरुमा शारदा पोख्रेल र बेद प्रकाश रिजाल, महासचिवमा प्रमोद मिश्रा, संयुक्त महामन्त्रीमा सत्यम मुरारीलाई बनाइएको छ । यस्तै दिपक केसीलाई संयुक्त मन्त्री, सोमनाथ पौडेल र फणिन्द्र पौडेल सह संगठन मन्त्रीलाई बनाइएको छ ।
यस्तै राष्ट्रिय कोषध्यष्मा सुनिता बेल्बासे, केन्द्रिय सदस्यमा शम्भु सैनी, अनिता शर्मा, प्रेमलता भट्टलाई बनाइएको छ । परिषदको जिल्ला अध्यक्षमा बृजेश भटरालाई बनाइएको छ ।
प्रमुख अतिथी परिषदको नेपाल प्रभारी मनोज कुमार शुक्लाको प्रमुख आतिथ्यता र बिरेन्द्र शुक्लाको अध्यक्षता र मोहरत प्रसाद कुर्मीको संचालनमा भएको बैठकले सो जिम्मेवारी बाडफाड गरिएको हो ।
सो अवसरमा नेपाल प्रभारी शुक्लाले हिन्दु अभियानलाई ब्यापकरुपमा लैजानु पर्ने बताए । उनले भारतमा हुन गईरहेको कुम्भ मेलामा नोपलबाट ५ लाख सहभागी गराउुन पर्ने बताए । उनले मेलामा कम्मल बितरण निः शुल्क चेकजाच लगायतको प्रबन्ध मिलाइएको बताए ।
परिषद अध्यक्ष खरालले नेपालमा फागुन चैतमा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबै हिन्दहरु लाग्नु पर्ने बताए ।