Connect with us
Kapilvast Forest

शिवराजमा सरकारी सवारी साधनको दुरुपयोग, दैनिक चार पटक बुटवल ओहोरदोहोर

२०८१, २१ कार्तिक बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलमाथि सरकारी सवारी साधनको दुरुपयोग गरेको आरोप लागेको छ ।
करिब साढे दुई महिनादेखि पौडेलले बुटवलबाट दैनिक कार्यालय आउजाउ गर्दा सरकारी सवारी साधन दुरुपयोग गर्दै आएका छन ।

पौडेलले प्रयोग गर्दै आएको लु १ झ ३७५९ नम्बरको स्कोर्पियो गाडीले दैनिक चार पटक बुटवल र चन्द्रौटा बीच आवतजावत गरिरहेको छ ।

स्कोर्पियोका चालक सिंह विक्रम राणाका अनुसार, बिहान प्रमुख प्रशासकीय अधिकृतलाई लिन बुटवल जान्छु र बेलुका छोड्न जानु पर्ने भएकोले दिनमा करिब २६० किलोमिटर यात्रा गरिने बताउनु भयो ।

स्थानीय बासिन्दाहरुले यस अनावश्यक ओहोरदोहोरले सरकारी स्रोतको व्यापक दुरुपयोग भएको आरोप लगाएका छन् ।

दैनिक २६० किलोमिटर यात्रा गर्दा इन्धनमै मासिक करिब ५० हजार रुपैयाँको खर्च हुने गरेको छ ।

शिवराज नगरपालिकाले प्रशासकीय अधिकृत पौडेललाई कार्यालय नजिकै बसोबासका लागि कोठा तथा खाना पकाउन भान्से सुविधा पनि प्रदान गरेको भएता पनि पौडेलले भने नियमितरूपमा बुटवल ओहोरदोहोर गरिरहेका छन ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने आफूले सरकारी सवारी साधनको दुरुपयोग नगरेको र कार्यालयको सुविधा अनुसार नै कहिलेकाहीँ मात्र आउजाउ गर्ने गरेको दाबी गरेका छन् । उहाले भन्नुभयो “मेरो सेन्टिमेन्ट्लाई बुझ्नस”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu