गाउ ब्लक जग्गा पीडीतको लालपुर्जाका लागि पहल सुरु
कपिलवस्तु–
बर्षौ देखि भोगचलन गर्दै आए पनि लालपुर्जा बिहीन बनेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ मा रहेका गाउ ब्लक मिन्हा डिई जग्गा पीडीतको लालपु्र्जा बनाउन वडाध्यक्ष जाहिद खाँले पहल थालेका छन ।
यस अघि नगरपालिको बोर्ड बैठक र सभाले समेत पारित गरे पनि हाल सम्म वडा नम्बर १ तौलिहवा बजार र त्यस आसपासका जग्गाधनीले हाल सम्म लालपुर्जा पाउन सकेका र्छैनन ।
वडाध्यक्ष खाँले पुर्व मन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य, बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ सहीतको टोली तौलिहवा स्थित मालपोत कार्यालयमा पुगेर त्यसकालागि आवश्यक कदम चालेका हुन ।
गाउ ब्लक जग्गालाइ बाल बिटोरीकारुपमा नगरपालिकाले परिभाषित गर्दा समस्या आएको वडाध्यक्ष खाँले बताए । ‘ गाउब्लक पीडीतको जग्गाको लालपुर्जाकालागि ठोस पहल गर्छौ ’ उनले भने । फेरीबाट नगरपालिको बोर्डबाट पारित गरी नापी कार्यालय मार्फत नापी बिभागमा लालपुर्जाकालागि पहल थालिने उनले बताए ।
उनले आफनो बाकी रहेको ढाई बर्षे कार्यकाल मै गाउ ब्लक पीडीतलाई लालपुर्जा दिलाउने आफनो ध्यय रहेको बताए । उनले यसकालागि आफु भुमीसुधार मन्त्रालयमा डेलीगेशन समेत जाने बताए ।
लालपुर्जा नहुदा जग्गा धनीहरु धेरे समस्यामा परेका छन । सो अवसरमा सांसद आचार्यले तौलिहवा बजारका गाउ ब्लक पीडीतको लालपुर्जाकालागि आफुले भुमीसुधार मन्त्रालयमा ठोस पलह गर्ने बताए ।
अहिले जिल्ला कै बलराम अधिकारी भुमीसुधार मन्त्री भएकाले पनि यो समस्या समाधान गर्न सजिलो हुने उनले बताए । सो अवसरमा नापी अधिकृत जनक बहादुर भन्डारीले तौलिहवा बजारको जग्गा बाल बिटोरी नभै गाउ ब्लक रहेको बताए । उनले यो कुरालाई नगरपालिकाले संशाधन सहीत बार्डबाट निर्णय गरी पठाउनु पर्ने बताए । बिभागमा यस बारे आफुहरुले पत्राचार गर्ने उनले बताए ।