Connect with us
Kapilvast Forest

कपिलवस्तुको विकासका लागि तत्पर छु: राज्यमन्त्री विक

२०८१, १३ मंसिर बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
नेपाल सरकारको वन तथा वातावरण राज्यमन्त्री रुपा विकले कपिलवस्तुको विकासका लागि तत्पर रहेको बताउनु भएको छ ।
कृष्णनगर नगरपालिकाको आयोजनामा भएको स्वागत तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री विकले वातावरण संरक्षणका लागि सबै तह र तप्काबाट सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाले भन्नूभयो, “वन र वातावरण जोगाउन सरकारले थुप्रै नीति तथा कार्यक्रम अघि सारेको छ । स्थानीय सरकार र जनताको सक्रिय सहभागिताबिना यी प्रयास सफल हुन सक्दैनन्।”

राजमन्त्री विकले समुदायको नेतृत्वदायी भूमिकाले मात्रै दिगो विकास सम्भव हुनेमा जोड दिनुभयो ।

कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरपालिकाले वातावरण संरक्षण र दिगो विकासका स्थानीय सरकारलाई संघीय सरकारले सहयोग गर्नु पर्ने धारण राख्नु भयो ।

नगर प्रमुख शाहले “कृष्णनगर नगरपालिकाले हरित नगर अभियानलाई प्राथमिकतामा राखेको बताउनु भयो । शाहले आगामी दिनमा नगरपालिका र मन्त्रालयबीच अझ बलियो सहकार्यका लागि अपील गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न स्थानीय प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख, तथा सर्वसाधारणको व्यापक उपस्थिति थियो ।
उपस्थित स्थानीयहरूले राज्यमन्त्री विकलाई सम्मान गर्दै नगरपालिका र मन्त्रीबीचको सहकार्यले यहाँको विकासलाई थप गतिशील बनाउने अपेक्षा व्यक्त गरेका थिए।

कार्यक्रममा स्थानीय समाजसेवी ब्रह्मानन्द उपाध्याय, भारत किशोर चौधरी, कृष्णनगर नगरपालिकाका जननिर्वाचित प्रतिनिधि, स्थानीय नागरिकको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu