हाडजोर्नी सम्बन्धी शिबिरमा साढे १५ सयलाई निःशुल्क उपचार
कपिलवस्तु–
कपिलवस्तुको तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा संचालित ४ दिने हाडजोर्नी सम्बन्धी शिबिरमा साढे १५ सय जना बिपन्नले निःशुल्क उपचार सेवा पाएका छन ।
नेपाल अर्थोपेडिक अस्पताल काठमाण्डौको प्राबिधिक र मेड सलुसन फाउन्डेशन स्बीजरलेनडको आर्थिक सहयोगमा संचालित शिबिरमा ६४ जनाको हाडजोर्नीको अप्रशेन गरिएको छ ।
बिपन्नताका कारण उपचारबाट बंचितहरुलाई मध्यनजर गर्दै शिबिर संचालन गरिएको उपचारमा संलग्न टीम लिडर प्रकाश ज्ञवालीले बताए । रिफर गरिएका ३ जनाको समेत काठमाण्डौमा निःशुल्क उपचारको ब्यवस्था मिलाइएको उनले बताए ।
हाडजोनीं सम्बन्धी बिरामी भए पनि आर्थिक कारण उपचार लिन नपाएकाहरुलाई लक्षित गरी उपचार सेवा प्रदान गर्नेक्रममा यो शिबिरमा साढे १५ सय जनाको उपचार गरिएको उनले बताए । उपचारमा १७ जना टोली सलग्न थिए ।
रेखदेखकालागि फाउन्डेशन की संरक्षक तथा टोनी हेगनकी पुत्री डाक्टर क्रटिन हेगनको प्रत्यक्ष निग्रानीमा उपचार सेवा प्रदान गरिएको थियो ।
शिबिरको समापन समारोहमा जिल्ला समन्वय समिति उप प्रमुख रमेश कुर्मीले शिबिरमा गबिर र बिपन्नले सेवा पाएकोमा खुशी ब्यक्त गरे । उनले शिबिर प्रभावकारी रहेको र राज्यस्तरबाट गबिर र बिपन्नकालागि यस्ता सेवाहरु जिल्लाबाटै पाउने वातावरण सुजना गर्नु पर्ने बताए ।
कार्यक्रममा अस्पतालले उपचारमा संलग्न स्वास्थ्यकर्मी टोली सहीत सबैलाई कदर पत्र र खादा ओढाएर सम्मान समते गरेको थियो । अस्पतालका अध्यक्ष शिवलाल यादवले अस्पताल मेसु बिहीन हुदा धेरैं कामहरु रोकिएकाले यसकालागि प्रदेश छिटो निकास दिनु पर्ने बताए ।
उनले शिबिरले कपिलवस्तुका जननतालाइै धेरै फाईदा पुगेको बताए । अस्पतालका निमित्त मेसु राकेश शाहले अस्पतालमा गरिएको यो शिबिर आफैमा धेरै राम्रो रहेको बताए । कार्यक्रम शिवलाल यादवको अध्यक्षता र रत्नाकर शुक्लाको संचालनमा भएको थियो ।