Connect with us
Kapilvast Forest

राज्यमन्त्री विक कपिलवस्तुको नौडिहवामा

२०८१, १३ मंसिर बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल, कपिलवस्तु
नेपाल सरकारका वन तथा वातावरण राज्यमन्त्री रूपा विकले कपिलवस्तुको नौडिहवा गाउँको विकासका लागि संघीय सरकारबाट विशेष योजना ल्याउने बताउनुभएको छ ।

शिवराज नगरपालिका वडा नम्बर ५ मा पर्ने नौडिहवा गाउँ विकास सूचाङ्कमा पछि परेकोले विशेष पहल आवश्यक रहेको राज्यमन्त्री विकको भनाइ छ । उहाँले संघीय सरकारको सहयोगमा गाउँको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

नौडिहवा बासीले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै राज्यमन्त्री विकले कपिलवस्तुका धेरै समस्या समाधान गर्न संघीय स्तरको योजना आवश्यक रहेको औंल्याउनुभयो । कार्यक्रममा समाजसेवी एमबी सेन्चुरीले नौडिहवा गाउँको समस्या र आवश्यकताबारे राज्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

सेन्चुरीले गाउँको सडक पूर्वाधार, खानेपानी सुविधा, सामुदायिक भवनको अभावलगायतका समस्या समाधानका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको बताउँदै राज्यमन्त्रीसँग सहयोगको आग्रह गर्नुभएको थियो ।

कार्यक्रमले नौडिहवा गाउँको विकासप्रतिको आशा थप बलियो बनाएको स्थानीयहरूले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu