कपिलवस्तु नापी कार्यालयका कर्मचारी खुलेआम घुस लिदैं
कपिलवस्तु,
भूमि व्यवस्था मन्त्रीकै क्षेत्रमा नापीका कर्मचारीहरुले अवैध असुली धन्दा चलाएपछि उनका मतदाता असन्तुष्ट बनेका छन् । कपिलवस्तु १ बाट निर्वाचित भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीकै क्षेत्र अन्र्तगत मायादेवी गाउँपालिकामा नापी कर्मचारीले अवैध रकम असुलेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
नापी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिकाको जग्गा व्यवस्थापन अन्र्तगत त्यहा रहेको गाउँ ब्लकको जग्गा नाप नक्सा गरि पुर्जा बनाउनका लागि टोली खटाएको थियो । टोलीले अस्थायी कार्यालय नै राखेर काम गर्दै आएको छ ।
तर त्यहा खटिएका नापी कर्मचारीले सेवाग्राहीहरु संग प्रति कित्ता १ सय ५० को दरले रकम लिदै आएको गुनासो गरेका छन् । स्थानीय संचारकर्मीहरु कार्यालय अगाडी जादा समेत सेवाग्राही संग रकम लिदै गरेको पाइएको थियो ।
टोली प्रमुख अमिन प्रदिप मण्डलको नेतृत्वमा रहेका कर्मचारीले रसिद नकाटेरै प्रति कित्ता १५० को दरले रकम लिएको पीडित सेवाग्राहीले बताए । मायादेवी २ का धर्मराज कलवारले कर्मचारीले हाकाहाकी रकम माग गरेको गुनासो पोखे ।
”मैले प्रति कित्ताको दरले रकम बुझाए तर रसिद पाएन” उनले भने । “हामीले भोट दिएर मन्त्री बनायौ, उहाकै क्षेत्रमा कर्मचारीले घुस लिन्छन् हामी के बोल्ने” कलवारले भने ।
मायादेवी २ का लाल बहादुर यादवले पनि ४५० रुपैया घुस दिएको बताए । “मेरो ३ कित्ता थियो, नदिए सम्म निवेदनमा तोक लगाएनन् अनि दिए” उनले भने । निवेदन तथा दर्तामा खटिएका नापी कर्मचारी रामकृष्ण यादव, मोतिलाल साह, नितेश मण्डल, रामनिवास केवट, सन्तोष थारु लगायतले सेवाग्राही संग रकम लिइरेको स्थानीयबासीले बताए ।
कर्मचारीहरुले विभिन्न कारण देखाउदै रकम लिन थालेपछि गाउँपालिका अध्यक्षले यसबारे चासो देखाएका थिए । पालिका अध्यक्ष वलिउद्धिन मुसलमानले सेवाग्राहीलाई अनावश्यक दुख नदिन र अवैध रकम लिएको पाइए कारवाही गर्ने धम्की दिएपछि रकम लिन रोकिएको थियो ।
घटनाबारे टोली प्रमुख अमिन प्रदिप मण्डलले भने निवेदन शुल्क लिएको हुन सक्ने बताए । “बाहिर निवेदन लेख्नेहरुले लिएको हुन सक्छ, कर्मचारीले लिएको छैन” उनले भने ।
मन्त्रीकै जिल्लामा भूमिहिन गाउँब्लक पीडित संग कर्मचारीले घुस लिएको गुनासो मन्त्रीको सचिवालयमा जानकारी गराएको तर कुनै कारवाही नभएको स्थानीय नागरिकले बताएका छन ।
भिडियो- https://www.facebook.com/share/v/iRRAtVs71WEKhEVM/