Connect with us
Kapilvast Forest

गढवामा क्रियाशिल २२ सामजिक संस्थाले संयुक्त रुपमा लैंगिक हिंसा बिरुद्धको तालिम सन्चालन गर्ने

२०८१, २० मंसिर बिहीबारमा प्रकाशित

दाङ-
प्रत्येक बर्स नोभेम्बर २४ तारिख देखि डिसेम्बर १० तारिक सम्म मनाइने लैंङिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत “हामी सबैको प्रतिबद्धता:लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने मुल नाराका साथ गढवा गाउँपालिकामा क्रियाशिल २२ वटा संघ संस्थाको आयोजनामा बाल बिबाह न्यूनीकरण सम्बन्धी तालिम सन्चालन गरिने भएको छ ।
गढवा गाउपालिकामा क्रीयाशिल भएर काम गरिरहेका सामाजिक संस्थाहरुले बार्सिक कार्यक्रम अनुसार लैङिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत केहि कार्यक्रम गर्ने पुर्व योजना अनुसार सम्पन्न गर्नको लागि बैठक बसि सयुंक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेको गढवा उद्धोग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बस्सेलले बताउनु भयो ।
गढवा गाउपालिकाका स्थानिय बड्घर अगुवा,पन्डित,पुरोहित,लाइ एक दिने बाल बिबाह न्युनिकरण सम्बन्धि तालिम दिने कार्यक्रम रहेको मुक्त कम्लहरी बिकास मन्चको ज्ञानु खड्काले जानकारी दिनु भयो ।
उहाले मंसिर २१ गते शुक्रबार गढवा गाउपालिका वडा नं ५ र मंसिर २४ गते वडा नं ६ मा तालिमको आयोजना गरिने कार्यक्रम रहेको र मंसिर २५ गते रयालि सहित बजार परिक्रमा गरि गढवा उद्द्गोग बाणिज्य संघको सभाहलमा कार्यक्रम समापन गर्ने कार्यक्रम तय गरिएको बताउनु भयो ।
साथै कार्यक्रममा सहभागिताको लागि बैठकले सम्पुर्ण सरोकारवाला निकायलाइ अनुरोध गर्ने निर्णय गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu