Connect with us
Kapilvast Forest

निशुल्क आँखा शिविरमा ५ सय ८१ जनाले सेवा लिए

२०८१, २४ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु-
नेपाल स्वयंसेवक संघले आयोजना गरेको बृहत निशुल्क आँखा शिविर बाट ५८१ जनाले सेवा लिएका छन । सोमबार बुद्ध दर्शन कृषि महिला सहकारीको सह आयोजना, मधुवन सामुदायिक वनको व्यवस्थापकिय सहयोग तथा नेपाल नेत्र ज्योति संघ कपिलवस्तुको प्राविधिक सहयोगमा चारनम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा भएको शिविरमा ५८१ जनाले सेवा लिएको संघकी नगर सचिव कल्पना कुवरले बताउनु भयो ।

आँखा जाँच गरएका १६१ ज्येष्ठ नागरिक र अन्य ४२० मध्ये ११४ जनालाई मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने भएको जनाइएकोछ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपाल नेपाल स्वयंसेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले संघले विगत देखि नै मानविय तथा सामाजि कार्यहरु गर्दै आइरहेको भन्दै यो सेवा पनि त्यसैको निरन्तरता रहेको बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएर आँखा सम्बन्धि समस्या खेपिरहेका बिरामीहरुलाई लक्षित गरेर यो शिविर सञ्चालन गरेको उहाँले बताउनुभयो ।
त्यस्तै लुम्बिनी प्रदेश योजना आयोग पुर्व सदस्य गिता अन्जानले समाजका हरेक नागरिकको स्वास्थ्य अवस्था सुधार गर्न सरकार मात्र नभएर हरेक संघसंस्था गम्भिर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्र नगर इन्चार्ज नारायण भुषाल, कपिलवस्तु सामुदायिक अस्पतालका उपाध्यक्ष राम पौडेल, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल, नागरिक समाज कपिलवस्तुका अध्यक्ष अर्जुन पोख्रेल र पुर्व अध्यक्ष दोलक बहादुर पछाइ, समाजसेवी रविराज आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो ।

नेपाल स्वयंसेवक संघ बाणगंगा नगर अध्यक्ष सरिता देवी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वैज्ञानिक वन केन्द्रिय अध्यक्ष रेणु सेन, मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष शान्त बिक्रम पौडेल, नेपाल स्वयंसेवक संघका जिल्ला अध्यक्ष, वडा, नगर, जिल्ला तथा प्रदेशका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको कार्यक्रमको सञ्चालन नगर सचिव कल्पना कुवरले गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu