Connect with us
Kapilvast Forest

ईमिलिया माविले लगातार तेश्रो पटक जित्यो राष्ट्रपति रनिङ शील्ड

२०८१, २९ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु-
लगतार तेश्रो बर्ष पनि शिल्ड जित्दै कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ९स्थित माबि ईमिलियाले राष्ट्रपनि रनिङ शील्ड हत्याएको छ ।

 

बुद्धभुमी नगरपलिकाद्धारा बुढ्ढीमा आयोजित प्रतियोगीतामा माबि ईमिलियोको यो लगातार तेश्रो पटक जित हो । ईमिलियाले १३ स्वर्ण, ७ रजत र ७ कास्य सहीत २७ पदक जितेको हो ।

 

जितसंगै ईमिलिया माबिले शील्ड र नगद १५ हजार समेत प्राप्त गरेको छ । कपिलवस्तु माबि राष्ट्रिय माबि चेत्रादेईले १० स्वर्ण, एक रजत र ३ कास्य सहीत कुल १४ पदज जित्दै दोश्रो भएको छ ।

उसले नगद १० हजार प्राप्त गर्यो । जन कल्याण माबि बकुलीपुरले ६ स्वर्ण, १३ रजत र ४ कास्य सहीत कुल २३ पदक जित्दै तेश्रो भयो । उसले ७ हजार नगद प्राप्त गरेको । यस्तै वडा नम्बर ९ ले मेयर कप जित्दै १५ हजार नगद प्राप्त गरेको छ ।

 

वडा नम्बर २ र ४ द्धितीय हुदै १० हजार वडा नम्बर १ र ५ तेश्रो हुदै ७ हजार प्राप्त गरेको छ । बिजयी खेलडीलाई शील्ड प्रमाण पत्र बितरण गर्दै मेयर केशव कुमार श्रेष्ठले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले खेल र खेलाडीको विकासलागि प्रदेश र संघीय सरकारले समेत ध्यान दिनु पर्ने बताए ।

 

बुढ्ढीमा राम्रो खेलमैदान निर्माणकालागि आफुले सक्दो कोशिश गर्ने बताए । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तेज बहादुर बस्नेत, वडा नम्बर २ का अध्यक्ष सुरज प्रताप राना, ४ का अध्यक्ष सुशील कुमार चौधरी, वडा नम्बर ९ का अध्यक्ष प्रमोद आचार्य लागयतले खेलाडीहरुलाई मेडल र प्रमाण पत्र बितरण गरेका थिए । प्रतियोगीतामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु लगायतका खेल समाबेश गरिएको थियो ।

 

कार्यक्रम मेयर श्रेष्ठको अध्यक्षता र नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईको संचालनमा भएको थियो । प्रतियोगीता मंसिर २५ देखि २९ सम्म चलेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu