निशुल्क आँखा शिविरमा १२ सय ५० जनाले सेवा लिए
बृजेश यादव, कपिलवस्तु –
कपिलवस्तुको महाराजगंज नगरपालिकामा सन्चालित निःशुल्क आँखा शिविरमा १ हजार २ सय ५० जनाले सेवा लिएका छन ।
महाराजगञ्ज नगरपालिकाको आयोजना र छन्द काले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।
कपिलवस्तुको महाराजगञ्जमा दुई दिनसम्म सञ्चालन भएको आँखा शिविरमा महाराजगंज नगरपालिकाका नागरिक, कृष्णनगर नगरपालिका नागरिक साथै छिमेकी मुलुक भारतका नागरिकहरूले समेत सेवा लिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।
निःशुल्क आँखा शिविरमा २ सय जना आँखाका रोगीहरूको मोतियाबिन्दुको निःशुल्क रुपमा अपरेसन गरिएको नगर प्रमुख अब्दुल कलामले बताउनुभयो ।
महाराजगंजमा सञ्चालित निःशुल्क आँखा शिविरको कपिलवस्तु क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले अनुगमन गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री आचार्यले शिविरको अनुगमन गर्दै बिरामीहरूलाई चस्मा समेत वितरण गर्नुभएको थियो ।
महाराजगञ्ज नगरपालिकाको उपप्रमुख रिता कुमारी चौधरीले नागरिकको स्वास्थ्यलाई ध्यान दिँदै शिविर आयोजना गरेको बताउनुभयो ।
निःशुल्क आँखा शिविरमा महाराजगञ्ज नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रमोद चौधरी, समाजसेवी अफ्ताब आलम, सचितानन्द पाण्डे, वडा नम्बर ११ का वडा सदस्य अवधेश यादव र छन्दकाले बाबु नारायणी आँखा अस्पताल बहादुरगंजका प्राविधिकहरुले आँखाका रोगीहरुलाई सहयोग गर्नुभएको थियो ।
गाउँघरमै आँखा सम्बन्धी सेवा पाएपछि आँखाका रोगीहरू खुसी हुँदै महाराजगंज नगरपालिकालाई धन्यवाद दिएका थिए ।