Connect with us
Kapilvast Forest

नेपालको मैकअप आर्टिष्ट शमा भारतमा सम्मानित

२०८१, ५ पुष शुक्रबारमा प्रकाशित

राहुल मोदनवाल-

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १ निवासी चर्चित मैकअप आर्टिस्ट शमा खातून भारतको सिद्धार्थनगर, नौगडमा आयोजित एक विशेष सेमिनारमा सम्मानित हुनुभएको छ ।

भारतको सिद्धार्थनगरमा आयोजित एकदिने “मैकअप सेमिनार” कार्यक्रममा नेपाल र भारतका गरी करिब १५० महिलाहरू सहभागी भएका थिए । सेमिनारमा शमा खातून विशेष अतिथिको रूपमा उपस्थित हुनुभएको थियो । उहाको योगदान र प्रतिभालाई कदर गर्दै आयोजकहरूले उहालाई सम्मान गरिएक  जनाएको छ ।

शमा खातून कृष्णनगर नगरपालिका वडा नं. २ मा ब्यूटी पार्लर सञ्चालन गर्दै आउनु भएको छ । आफ्नो व्यवसायिक सफलतासँगै उहाले अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनु भएको हो  ।

शमा खातून सम्मानित हुँदा उहाका परिवारजन र आफन्तहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूले उहाको उज्ज्वल भविष्यको कामना गरेका छन् । बधाई दिनेमध्ये खुसी शेख, प्रीति रञ्जना, मिताली वर्मा, अफरोज अहमद, गरिमा, राहुल मोदनवाल, रानी मोदनवाल, सलमान मिर्जा, साकिल अहमद, रेनु गुप्ता लगायतका रहेका छन ।

उहाको योगदान र सम्मानले कपिलवस्तु क्षेत्रका महिलाहरूलाई थप प्रेरणा दिने विश्वास गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu