Connect with us
Kapilvast Forest

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा ८ सय ६६ जना विद्यार्थी सहभागी हुदैं

२०८१, ४ पुष बिहीबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिकामा पुस ५ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्दै युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा नगरपालिकाका १५ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहनेछ।
प्रतियोगितामा ५० वटा विभिन्न इभेन्टहरू समावेश हुनेछन्, जसमा ८६६ जना विद्यार्थीले आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। नगर प्रमुख अजय थापाले वर्षभरि नै खेलकुद गतिविधि सञ्चालन गरेर शिवराज नगरपालिकालाई खेलाडी उत्पादनको केन्द्र बनाउने लक्ष्य रहेको बताए।
वडा अध्यक्ष टेकलाल सापकोटाका अनुसार खेलकुद प्रतियोगिताले युवा पुस्तालाई कुलतबाट टाढा राख्न मद्दत गर्नुका साथै उनीहरूलाई खेलकुदमा हौसला प्रदान गर्नेछ।
शिवराज नगरपालिकाका शिक्षा साखा प्रमुख पूर्ण विकले राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितापछि नगरस्तरीय मेयर-उपमेयर कपको तयारी थालिने जानकारी दिए।
खेलकुद नगर विकास समितिका संयोजक सन्तोष चौधरीले प्रतियोगिता व्यवस्थापनका लागि जिल्ला स्तरीय प्राविधिक समूह परिचालन गरिने र खेललाई विवादरहित बनाउने प्रतिबद्धता व्यक्त गरे।
यस प्रतियोगिताले शिवराज नगरपालिकामा खेलकुदको विकास र युवा पुस्ताको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu