Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराज ४ मा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु

२०८१, २१ पुष आईतवारमा प्रकाशित

न्युजसेन्टर नेपाल
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ स्थित समिति खेलमैदानमा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले क्रीकेट आयोजना गरिएको वडा अध्यक्ष खाले बताउनु भयो ।

नगरस्तरीय प्रतियोगितामा सहभागिता जनाउनका लागि वडास्तरबाट समूह छनोट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा नं ४ का वडाध्यक्ष नसिम अहमद खाले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको उद्घाटन वडाध्यक्ष नसिम अहमद खाले ब्याटिङ गर्दै उदघाटन गर्नुभएको थियो । उद्घाटन खेलमा वडा नं ८ महुलीको टोली र वडा नं ३ कटुवाको समूह बीच प्रतिस्पर्धा भएको थियो ।

महुलीले १६३ रनको लक्ष्य दिएको भए पनि कटुवाले ५ विकेट गुमाएर लक्ष्य पूरा गर्दै उद्घाटन खेल जितेको
थियो ।

प्रतियोगितामा शिवराज नगरपालिकाका विभिन्न वडाका समूहहरूले सहभागिता जनाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj