हेटौंडाबाट ठूलो परिणाममा चरेश, अफिम र गाँजा बरामद, दुई भारतीयसहित तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
अवैध लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध चरेश २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिकलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेश र अफिम ल्याइरहेको अवस्थामा मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डबाट लागूऔषधसहित कार र उनीहरूलाई नियन्त्रणमा लिइएको डीएसपी अर्यालले बताए ।हेटौंडा हुँदै भारततर्फ लागूऔषध ओसारपसार भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर जिप्रका हेटौंडामा जिम्मा लगाएको थियो । उनीहरूलाई आइतबार बिहान प्रहरीले सार्वजनिक गरेको हो ।यसैगरी, लागूऔषध गाँजा १ सय १ किलोसहित अर्का एकजना पक्राउ परेका छन् । आज आइतबार बिहान साढे ५ बजे रातोमाटे प्रहरी चौकीबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ राटोमाटेबाट सो मात्रामा गाँजासहित वीरगञ्ज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन रारुत कुर्मीलाई पक्राउ गरेको हो ।