अर्घाखाँची महोत्सवको मियाँले उद्दघाटन गर्ने
प्यार अलि खान
छैठौं अर्घाखाँची महोत्सव २०८१ को सुदूपश्चिम प्रदेश प्रमुख नजिर मियाँले उद्दघाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ। अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रका अनुसार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य विशिष्ट अतिथिको रुपमा सहभागी हुनेछन्।
सन्धिखर्कस्थित कुँडुले फाँटमा भोलि सोमबार पुस २९ गते उद्दघाटन हुने मेला माघ १२ गतेसम्म चल्ने छ। मेलाको तयारी तिव्र गतिमा अघि बढाईएको छ। महोत्सवमा जिल्लाका स्थानीय तहमा हुने उत्पादनको बजारीकरण हुने विश्वास लिइएको छ भने महोत्सवमा परम्परागत कला संस्कृति तथा झाकीहरुको प्रदर्शन गरिने छ।