Connect with us
Kapilvast Forest

यी हुन माघी महोत्सव सफल बनाउने प्रकाश र हरी

२०८१, ५ माघ शनिबारमा प्रकाशित


न्युजसेन्टर नेपाल-

प्रकाश चौधरी र हरी चौधरीको नेतृत्वमा शिवराज नगरपालिका–१ उमरीस्थित थारु संग्रहालयको प्राङ्गणमा चौथो माघी खिचडी महोत्सव २६४८ भव्य रूपमा सम्पन्न भएको छ ।

थारु कल्याणकारिणी सभा शिवराज नगर समिति र थारु संग्रहालयको संयुक्त आयोजनामा सम्पन्न महोत्सवको मुल आयोजक समितिका संयोजक प्रकाश चौधरी र सह-संयोजक हरि चौधरीले दिनरात खटेर माघी महोत्सवलाई सफल बनाएको थारु समुदायका अगुवाहरूले बताएका छन ।
थारु समुदायका अगुवाहरूले प्रकाश र हरिको प्रयासको खुलेर प्रशंसा गरेका छन । तीन दिनसम्म संचालन भएको माघी महोत्सवमा १५ हजार दर्शकले अवलोकन गरेका थिए भने १२ लाखको कारोबार भएको अनुमान गरिएको छ ।

माघ १ गतेदेखि ३ गतेसम्म सन्चालन गरिएको महोत्सवको व्यवस्थापनमा प्रकाश चौधरी र हरि चौधरीले महत्वपूर्ण भूमिका खेलेका छन ।

पत्रकार राम अवतार चौधरीका अनुसार, महोत्सव सुरु हुनु भन्दा दुई हप्ता पहिलेदेखि नै प्रकाश र हरि महोत्सवको तयारीमा जुटेका थिए ।

थारु समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्न उनीहरूको अथक प्रयासले महोत्सवलाई सफल बनाएका थियो ।

महोत्समा थारु सांस्कृतिक प्रदर्शन, थारु समुदायका परम्परागत कलाभेषभूषा, परिकार, पहिरन, र झाँकीहरूको प्रदर्शन गरिएक थियो ।

महोत्सवमा शिवराज नगरपालिकाका २६ गाउँका बडघरलाई विशेष सम्मान गरिएको थियो ।

बनकटवा गाउँ समाजद्वारा आकर्षक झाँकी र्‍याली,
उत्तर रहटकोल गाउँ समाजद्वारा आकर्षक नृत्य प्रदर्शन र
रमदहवा गाउँ समाजद्वारा परम्परागत सांस्कृतिक नाचलाई नगद सहित सम्मान गरिएको हो ।

महोत्सवमा चर्चित गायक राज कुश्मी र गायिका सोनु कुश्मीको प्रस्तुति रहेक थियो । साथै, स्थानीय कलाकारहरूको पनि सहभागिता थियो ।

महोत्सवले न केवल थारु समुदायको सांस्कृतिक सम्पदाको संरक्षण गरेको छ यसले स्थानीय पर्यटन र सांस्कृतिक पहिचानलाई पनि प्रोत्साहन गरेको छ।