Connect with us
Kapilvast Forest

बसको ठक्करबाट वृद्धाको घटनास्थलमै मृत्यु

२०८१, ९ माघ बुधबारमा प्रकाशित

रोल्पामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।मंगलबार साँझ बसको ठक्करबार रुन्टीगढी गाउँपालिका – ७ बलबाङकी ७५ बर्षीया मनबुझा विकको मृत्यु भएको हो।
दाङको घोराहीदेखि रोल्पाको डुब्रिङ तर्फ जाँदै गरेको रा १ ख २३५६ नम्बरको बसले रुन्टीगढी – ६ भित्री सडक खण्डमा पर्ने कानकुटे डाँडा नजिकै सडकमा हिडिरहेकी मनबुझालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनालगत्तै चालक र सहचाकल फरार भएका थिए। चालक तथा बस धनी रुन्टीगढी – ५ भर्तिवनका ३४ का लेखराज दसौंदी बेलुकी ७ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj