प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरे
कञ्चनपुरमा एक प्रहरी जवानले आफैँमाथि गोली प्रहार गरेका छन्। सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले बुधबार राति ड्युटीमा रहेका बेला आफैँमाथि गोली प्रहार गरेको कञ्चनपुर प्रहरीले जनाएको छ।आत्मघाती गोली प्रहार गर्ने प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको छ। बिष्टलाई थप उपचारका लागि कैलाली स्थित निसर्ग अस्पताल पाइएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश राज जोशीले जानकारी दिए। यसअघि पुस १२ गते राति जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले पनि ड्युटीमा रहेकै समयमा आफैँमाथि गोली प्रहार गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान न्यौपाने उपचारपछि अहिले घर फर्किएका छन्।