Connect with us
Kapilvast Forest

नवौं चन्द्रौटा महोत्सवका आजका आकर्षकहरु

२०८१, १० माघ बिहीबारमा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा संचालित नवौं चन्द्रौटा कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हिजोदेखी सुरु भएको छ ।महोत्सवको आज दोस्रो दिन बिहिवार चर्चित लोक तथा दोहोरी गायिका सुनिता मि परीयार, लोक तथा दोहोरी गायक कुशल बेल्वासे, थारु गायक उत्तम चौधरी, भोजपुरी गायक रमा शंकर राय लगायतका कलाकारहरूको बेजोड प्रस्तुति रहने सांस्कृतिक संयोजक दीपक पौडेलले जनाए । साथै जेडीसी डान्स ग्रुप ,चन्द्रौटा डान्स आइडल, गायन प्रतियोगिता, आमा समूहस्तरीय डोरी तान प्रतियोगिता,राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ । महोत्सवमा बिहान २ घन्टा दैनिक योगा सत्र चलिरहेको छ । साथमा ३ लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ।“कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार” भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव माघ २० गतेसम्म चल्नेछ। महोत्सवमा २०० भन्दा बढी स्टल रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj