कपिलवस्तुमा हुने kpl प्रिमियर कपको उद्घाटन सभामुख घर्तीले गर्ने

कपिलवस्तुको शिवराज नगरपालिका-७, जवभारीमा यही माघ १२ गते शनिबारदेखि सुरु हुने केपीएल प्रिमियर कप २०८१ को उद्घाटन लुम्बिनी प्रदेशसभा सभामुख तुलाराम घर्ती (बसन्त) ले गर्नुहुने भएको छ ।
प्रतियोगिता युवा अमन सामाजिक विकास केन्द्र, अर्श चेरिटेबल फाउन्डेसन र इन्डो नेपाल सामाजिक मञ्चको संयुक्त आयोजनामा हुन लागेको खेल संयोजक रहिस शाहले जानकारी दिनुभयो । कार्यक्रम माघ १२ गते बिहान ११:०० बजे सुरु हुनेछ।
उक्त प्रतियोगिताको उद्देश्य ‘स्वास्थ्यका लागि क्रिकेट, राष्ट्रका लागि क्रिकेट’ भन्ने नारालाई प्रवर्द्धन गर्दै जिल्लास्तरीय खेलाडीहरूलाई प्रोत्साहन गर्नु रहेको खेल संयोजक शाहले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुने टोलीहरूबीच रोमाञ्चक खेल देखिने अपेक्षा गरिएको छ भने विजयी टोलीलाई विशेष पुरस्कार र ट्रफी प्रदान गरिनेछ । खेलको फेसबुक पेजबाट लाइभ गरिने आयोजकले जनाएको छ । rahish shah फेसबुक आइडीबाट खेल लाइभ हुनेछ ।

