Connect with us
Kapilvast Forest

कपिलवस्तु पुगेका प्रचण्डले भने अब ‘जनतासँग माओवादी’ अभियान सुरु हुन्छ

२०८१, १२ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु ,
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वदेखि पश्चिमसम्म जनतासँग जोडिने विशेष माओवादी अभियान सञ्चालन हुने घोषणा गर्नुभएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा नेकपा माओवादी केन्द्र जिल्ला संमन्वय समितिद्धारा आयोजित नेता कार्यक्रतासँगको संक्षिप्त भेटघाट कार्यक्रममा प्रचण्डले माओवादीप्रति जनताको आशा र भरोसा कायम रहेको उल्लेख गर्दै विगतमा भएका अभियानहरूमध्ये ‘जनतासँग माओवादी’ अभियानलाई उत्कृष्ट अभियान बनाउने लक्ष्य रहेको बताउनुभयो ।

पार्टीलाई सुदृढीकरण गर्दै नयाँ ढंगले अघि बढाउन हजारौं नेता–कार्यकर्ता पार्टीमा प्रवेश गराउने अभियानले माओवादीलाई जनतासँग अझ नजिक पु¥याउने दाबी गर्नुभयो ।
प्रचण्डले पछिल्लो १८ महिनामा माओवादी नेतृत्वको सरकारको सुशासन, भ्रष्टाचार विरोधी कदम र सामाजिक विभेदविरुद्धका क्रियाकलापहरूले सकारात्मक प्रभाव पारेको बताउनुभयो ।
।

उहाँका अनुसार अहिले देशभर माओवादीमा प्रवेश गर्नेको लहर चलेको छ, र अभियानका क्रममा ठूलो संख्यामा पार्टी प्रवेश गराउनुपर्ने आवश्यकता रहेको उहाँको धारणा थियो । उहाँले पार्टीको केन्द्रीय समितिले मधेसी–मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्न विशेष प्रस्ताव पारित गरेको जानकारी दिनुभयो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणि खनाल ‘बलदेव’ले वर्तमान सरकार नागरिकमैत्री बन्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकाले देश संकटमा पर्ने अवस्था देखिएको टिप्पणी गर्नुभयो ।

माओवादी नेताहरूले देशभर जनताको भावनालाई समेट्दै विभेद र विकृति मुक्त समाज निर्माणमा माओवादीको भूमिका अझ प्रभावकारी बनाउने खनालले बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज रुद्र बन्जाडे,जिल्ला संयोजक विष्णु बेल्वासे लगायत बोल्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj