Connect with us
Kapilvast Forest

रास्वपाको सचिवालय बैठक सोमबार

२०८१, १३ माघ आईतवारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टी कार्यालय वनस्थलीमा सोमबार साढे ११ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको हो।

कार्यवाहक प्रवक्ता प्रतिभा रावलकाअनुसार आसन्न संसद् अधिवेशन, समसामयिक राजनीति र पार्टी गतिविधिबारे छलफल हुनेछ। यस्तै सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता हुने, सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन लगायत विषयमा पनि छलफल हुने रावलले जानकारी दिइन्।

सहकारी ठगीको मुद्दामा रूपन्देही जिल्ला अदालतमा उनको थुनछेक बहस जारी रहेकाले रास्वपाका सभापति रवि लामिछाने भने बैठकमा उपस्थित हुने-नहुने टुंगो लागेको छैन। आइतबार बहस सकेर रिहाइको आदेश भए उनी सोमबारको बैठकमा सहभागी हुनेछन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj