Connect with us
Kapilvast Forest

टिकटकको शेयर माइक्रोसफ्टले किन्ने ट्रम्पको संकेत

२०८१, १५ माघ मंगलवारमा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माइक्रोसफ्ट कम्पनीले टिकटकको अमेरिकी कारोबार खरिद गर्न सक्ने संकेत गरेका छन् । उनलाई पत्रकारहरुले सोधेको एक प्रश्नमा माइक्रोसफ्टले टिकटक खरिद गर्नका लागि छलफल चलाएको हो ? भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘हो । टिकटकमा साँच्चै रुचि छ ।’ उनले टिकटक खरिदका लागि मोलमोलाइको होड देख्न चाहेको पनि बताएको बीबीसीले जनाएको छ ।
यसअघि टिकटक खरिदबिक्रीबारे अमेरिकी कम्पनीसँग प्रारम्भिक छलफल चलेको समाचार सार्वजनिक भएको थियो । त्यतिबेला एलन मस्कले टिकटक खरिद गर्न सक्ने अनुमान गरिएको थियो । गत हप्ता ट्रम्पले एक निर्देशनात्मक आदेश जारी गर्दै ७५ दिनभित्र अमेरिकी कम्पनीलाई टिकटकको सेयर बिक्री गर्नुपर्ने र त्यसो नगरे टिकटक बन्द गर्ने चेतावनी दिएका थिए ।
अमेरिकाको संघीय अदालतले टिकटकलाई १९ जनवरीसम्म आफ्नो पेटेन्ट कम्पनी बाइटडान्सको सेयर बेच्न भनेको थियो । योसँगै आइतबार अमेरिकाका अधिकांश उपभोक्ताको फोनमा टिकटकले काम गर्न छाडेको थियो । सरकारी प्रतिबन्ध कार्यान्वयनमा आउनुअगावै सूचना जारी गरेर टिकटकले अमेरिकामा एप्लिकेशन नचल्ने बनाएको थियो । तर ट्रम्पले केही खुकुलो नीति अपनाएपछि टिकटकले उनलाई धन्यवाद दिँदै पुनः सेवा सुरु गरेको थियो । अमेरिकामा टिकटकटका १७ करोड प्रयोगकर्ता रहेको अनुमान छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu