Connect with us
Kapilvast Forest

बिद्यालयसँग बित्तिय शिक्षा

२०८१, १५ माघ मंगलवारमा प्रकाशित

कृष्ण बाबू घिमिरे– विद्यालय तथा विश्वविद्यालयमा विभिन्न विषयगत क्षेत्रको बारेमा अध्ययन गर्छौं तर वित्तीय शिक्षाको विषयमा पाठ्यक्रममै समावेश भएको वा अनिवार्य पढ्नु पर्ने भन्ने कुनै ढाँचा बनेको छैन ।

विकसित राष्ट्रहरूमा विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममै समाबेस गरेर ज्ञान् अभिबृद्वि गरिरहेको छ जसले गर्दा बित्तिय साक्षरताको दर बढेको पाईन्छ । सबैभन्दा धेरै वित्तीय साक्षरता रहेको डेनमार्क छ जहाँ ७१ प्रतिशत साक्षरता रहेको छ। त्यसैगरी क्यानडामा ६८%, अस्ट्रेलियामा ६४ प्रतिशत र युकेमा ६७% छ। वित्तीय शिक्षाको व्यापकतापछि यी राष्ट्रहरूमा समग्र अर्थतन्त्रमा सुधार हुनुका साथै शक्तिशाली राष्ट्र बन्न सफल भएका छन् ।

नेपालको सन्दर्भमा :
विद्यालय क्षेत्रबाट नै वित्तीय शिक्षाको बलियो जग नभएतापनि पछिल्लो समयमा समग्र प्रविधिको विकाससँगै राष्ट्र बैंकको विशेष पहल तथा निर्देशन र सम्पुर्ण बैंक तथा वित्तीय संस्थाको नियमित समन्वय तथा वित्तीय साक्षरता कार्यक्रमको परिणामस्वरूप आज नेपाल पनि ५७.९% भन्दा बढी वित्तीय साक्षर रहेको छ ।

वित्तीय ज्ञान र पहुँच अभिवृद्धि विद्यालय तहदेखि नै गर्नुपर्छ भन्दै विद्यार्थीहरूमा वित्तीय चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले विसं २०७० पुसदेखि विद्यार्थीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले बालबालिका एवं युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र आउँदा दिनमा यो कार्यक्रम थप प्रभावकारी हुनेमा दुई मत नरहला ।

नेपालमा वित्तीय साक्षरता आज सबै स्तरका मानिसहरूलाई अत्यन्तै आवश्यक देखिएको छ। उच्च शिक्षा हासिल गरेका ठूला ओहोदाका मानिसमा समेत कतिपय वित्तीय कारोबारको पूर्ण ज्ञान नभएको स्थिति छ उपयुक्त वित्तीय शिक्षाको अभावमा उचित निर्णय लिन नसक्दा गम्भीर दुर्घटना हुन गई ठूलो वित्तीय क्षति समेत बेहोर्नुपर्ने र समाजमा नकारात्मक असर पर्ने अवस्थामा पनि देखिएको छ ।

आजको समाजमा भइरहेको वित्तीय अपराध ठगीको मुख्य जड वित्तीय शिक्षाको कमि भएकाले प्राथमिक रुपमा विद्यालय तहदेखि नै यसप्रति विशेष चासो दिइ उनीहरुलाई वित्तीय साक्षर र सचेत बनाउनु पर्दछ । एक अनुसन्धानका अनुसार बालबालिकामा १३ वर्षको उमेरसम्ममा आर्जन भएको संस्कारले उसको जीवनमा ८०% भूमिका खेल्दछ र बाँकी २०% मात्र पछि परिवर्तन हुने गर्दछ, त्यसैले बचत, कर्जा, बजेट, लगानी, बीमा, कर्जाको सदुपयोग, नोटको संरक्षण आदिका बारेमा सानैदेखि अध्ययन अध्यापन गराई उनीहरुमा असल आर्थिक संस्कार भर्न सकिएमा उनीहरू समयमै आर्थिक रुपमा जिम्मेवार, नीतिवान, कर्तव्यपरायण र इमान्दार नागरिक बन्न प्रेरित हुनेछन ।
वित्तीय शिक्षाको अभावको परिणाम
उचित वित्तीय शिक्षाको अभावमा बालबालिकाहरू बढी खर्चिला हुने, बचत गर्न प्रेरित नहुने, र भविष्यप्रति चिन्ता नगर्ने स्वभावका हुन्छन् कालान्तरमा उनीहरू आर्थिक अनुशासनमा कमजोर, भ्रष्ट आचरणयुक्त तथा आर्थिक प्रलोभनमा पर्ने स्वभावका नहोलान भन्न सकिँदैन । आर्थिक रुपमा कमजोर संस्कारयुक्त नागरिकले अन्ततोगत्वा आफ्ना बाबुआमा तथा परिवारको मात्र नभई राष्ट्रकै अर्थतन्त्रलाई धराशाही बनाउन सक्ने स्वभावलाई पनि नकार्न सकिँदैन।
वित्तीय शिक्षाको कमीले यी सबै समस्या झेलिरहेको हाम्रो देशले शिक्षा प्रणालीमा अनिवार्य वित्तीय शिक्षा लागू गर्न सकेको छैन वित्तीय स्वास्थ्य र सुशासनको लागि प्राथमिक तहदेखि नै वित्तीय शिक्षा अनिवार्य गराई पाठ्यक्रम लागु गर्नुपर्दछ।
विद्यालयमा बित्तीय शिक्षा जोड्नको लागि यी उपायहरु अपनाउन सकिन्छ?
1) सरकारबाट नै अनिवार्य वित्तीय शिक्षाको पाठ्यक्रम लागु गराउने
2)कक्षाकोठाको अर्थतन्त्र व्यवस्थापन गर्न विद्यार्थीहरूलाई सिकाउने
3) व्यावसायिक शिक्षासँग जोड्ने
5)पढ्दै कमाउँदै कार्यक्रम विद्यालयमा सञ्चालन गर्ने
6) घरायसी आर्थिक क्रियाकलापहरुमा पारिवारबाट पनि संलग्न गराउने
7) सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने
8) विशेष तालिम र कार्यशालाको ब्यवस्था गर्ने
9) बित्तिय साक्षरता क्लब बनाउने
10) स्मार्ट फोन र प्रबिधिको प्रयोगमा जोड दिने

वित्तीय शिक्षा विद्यालय शिक्षामा जोड्नु आजको अपरिहार्य आवस्यकता हो र यो अत्यन्त महत्त्वपूर्ण छ, किनकि यसले विद्यार्थीहरूलाई आर्थिक व्यवहार, योजना, र निर्णय क्षमतामा राम्रो तयारी दिन्छ। वित्तीय शिक्षा विद्यालय शिक्षामा थप्दा, विद्यार्थीहरूको भविष्यमा आर्थिक निर्णय र योजनाबद्धताका बारेमा बुझाइ बढ्न सक्छ, जसले उनीहरूको व्यक्तिगत र सामाजिक विकासमा मद्दत पुर्याउँछ , पैसाको महत्व बुजाउँछ र ब्यवस्थापन गर्न सिकाउछ ।
लेखक
कृष्ण बाबू घिमिरे (बैंकर)
(उल्लेखित विचार लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu