Connect with us
Kapilvast Forest

संसदीय समितिमा मन्त्री पुगे, सांसद पुगेनन्

२०८१, १६ माघ बुधबारमा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । बुधबार बिहान साढे ११ बजे बोलाइएको बैठकमा सांसदहरूको गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको राप्रपा सांसद दिपक सिंहले जानकारी दिए ।

बिहान साढे ११ बजे बोलाइएको बैठकमा १ घण्टासम्म पनि जम्मा १० जना सांसद मात्रै उपस्थित भएपछि स्थगित गरिएको हो । बुधबारको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो ।

छलफलका लागि ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री कान्छाराम तामाङ पनि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पुगेका थिए ।

यद्यपि सांसदहरूको कोरम नपुगेपछि ऊर्जामन्त्री र राज्यमन्त्री फर्किएका छन् ।समितिको बैठकका लागि ५१ प्रतिशत सांसदको उपस्थिति अनिवार्य हुनुपर्छ । हाल २५ सदस्यीय रहेको समितिमा गणपुरक संख्या पुग्न १३ जना सांसद्को उपस्थिति आवश्यक पर्छ ।

बैठकमा सहभागी हुन एमालेबाट ५, कांग्रेसबाट १, माओवादी केन्द्रबाट १, राप्रपाबाट २ र जसपाबाट १ सांसद बैठककक्षमा पुगेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu