मायादेवीका गर्भवती महिलालाई पोषण तथा युवाहरुलाई खेलकुद सामाग्री
कपिलवस्तुको मायादेबी गाउपालिका वडा नम्बर ४ ले दक्षिणी सीमावर्ती पिपरा गाउका गर्भवति महिलालाई पोषण सामाग्री र युवाहरुलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।
वडाले १ सय ३० महिलालाई पोषणको अवस्था सुधारकालागि पोषण सामाग्री उपलब्ध गराएको वडाध्यक्ष असफाक अहमद मुसलमानले बताए । महिलाहरुलाई एक क्यारेट अण्डा, काजु किसमिस, चना र अर्गनिक नुन उपलब्ध गराइएको पालिकाका पोषण अधिकृत बिरेन्द्र कुमार यादवले बताए ।
पोषण सामाग्री लिन वडा कार्यालयमा महिलाहरुकोे भीड लागेको थियो । मुस्लिमको समुदायको जनसंख्या अधिक रहेको वडामा मुस्लिम महिलाहरु बुर्का लगाएर पोषण सामाग्री लिन आएका थिए । गर्भवति महिलाहरुले पोषण सामाग्री पाए पछि खुशी भएका थिए ।
यस्तै वडामा रहेका ९ युवा क्लवलाई १८ वटा क्रिकेट ब्याट, ५६ वटा स्टेम्प, र ७ थान भलिबल समेत प्रदान गरिएको थियो। यस्तै सोही कार्यक्रममा वडाले पशु शाखालाई भेटनरी सम्बन्धी औषधी समेत उपलब्ध गराएको थियो ।
गाउपालिकाका प्रमुख वलीउद्दीन मुसलमान, पालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत रामकृष्ण तेली, वडाध्यक्ष मुसलमानले पोषण र खेलकुद सामाग्री तथा भेटनरी औषधी हस्तान्तरण गरेका थिए । सो अवसरमा गाउपालिका प्रमुख मुसलमानले रेडीमेट सामाग्री प्रति मोह बढदा पोषण अवस्था नाजुक बन्दै गएको बताए । उनले सबैले घर रहेका साग सब्जी, खाद्यान्न लगायत चिजलाई प्राथमिकता दिनु पर्ने बताए ।
उनले पालिकाले स्वास्थ्य र खेलकुद क्षेत्रलाई प्राथकितामा राखेको बताए । उनले सबै वडाले महिलाहरुलाई पोषिलो खानेकुरा उपलब्ध गराउनु पर्ने बताए । सो अवसरमा प्रमुख प्रशाकीय अधिकृत तेलीले पालिका र वडाले स्वास्थ्य शिक्षा, खेलकुदलाई प्राथकितामा राखेर अघि बढेको बताए ।
कार्यक्रममा वडाध्यक्ष मुसलमानले आफनो वडामा महिला, बुद्धबृद्धा युवा, कृषि शिक्षा लगातयका क्षेत्रलाई प्राथकितामा राखेर पररदर्शीरुपमा काम गरेको कार्यक्रममा वडा सदस्य ह्रदराम यादव, सर्वजित पासी, ईरनमति धोबी, वडा सचिव शिव गुलाम कलवार, पोषण अधिकृत बिरेन्द्र कुमार यादव, स्वास्थ्य शाखा प्रमुख महेश कुमार पाण्डेय लगायतको सहभागीता थियो ।