Connect with us
Kapilvast Forest

वडाअध्यक्ष यादवले बाडे १५ सय विद्यार्थीलाई स्विटर

२०८१, १६ माघ बुधबारमा प्रकाशित

कपिलवस्तु- मायादेवी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले वडाका सबै विद्यार्थीलाई न्यानो सुईटर बितरण गर्नुभएको छ । ३ नं वडास्तरिय बजेटमा “वडाअध्यक्षसँग विद्यार्थी कार्यक्रम” अन्र्तगत वडाका १५ सय विद्यार्थीलाई स्विटर बितरण गरिएको छ ।

कार्यक्रम अन्र्तगत मंगलबार वडाको जनता आधारभुत बिद्यालय फुलिकामा २ सय ५६ जना, मुनेश्वर मा.बि. मा २ सय ८४ जना र मदरसा रियाजुल उलुम अलसल्फिया बरसौलीमा २ सय ६२ जना विद्यार्थीलाई स्विटर बितरण गरिएको हो ।

वडा अध्यक्ष शैलेन्द्र कुमार यादव, वडा सदस्यहरु ईन्दु थारु, रामबृक्ष यादव, शिवकुमारी रैदास, वडा सचिव नन्दलाल कोहार, ओभरशियर शिवशंकर कुर्मी, समाजसेवी राजेन्द्र यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअ सहितको सहभागीतामा स्विटर बितरण गरिएको हो ।

वडाका कक्षा १ देखी ५ कक्षा सम्म अध्ययनरत सम्पुर्ण विद्यार्थीलाई जाडोमा न्यानोको लागि स्विटर बितरण गर्न थालिएको वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए ।

बिगतका वर्षमा विद्यार्थीका लागि बिभिन्न शैक्षिक सामाग्री बितरण गरिने गरिएकोमा यस वर्ष स्विटर बितरण गरिएको अध्यक्ष यादवले स्पष्ट पारे ।
वडाका बाँकी विद्यालय र मदरसाका गरि कुल १ हजार ५ सय विद्यार्थीलाई स्विटर बितरण गर्ने लक्ष्य लिईएको उनले जानकारी दिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu