Connect with us
Kapilvast Forest

झापामा कुटपिटबाट एकजनाको मृत्यु

२०८१, २० माघ आईतवारमा प्रकाशित

kutnu

झापाको कमल गाउँपालिका- ७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको दमकस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरेका थिए। कुटपिटबाट घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिट गर्ने बाँस्तोलालाई घटनालगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यसैगरी, कुकुरले टोकेर झापाको कन्काई नगरपालिकामा शनिबार बालकको मृत्यु भएको छ। सङ्खुवासभा चैनपुर नगरपालिका– ७ घर भई हाल कन्काई नगरपालिका- २ सुकेडाँगीमा डेरा गरी बस्ने कुमार रम्तेलका छोरा सात वर्षीय प्रकाशको मृत्यु भएको हो।

डेढ महिनाअघि कुकुरले टोकेको बालकको अवस्था सामान्य रहेका कारण अभिभावक उपचार नगराई बसेका थिए। शुक्रबार बालकको स्वास्थ्यमा समस्या आएपछि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा लगी उपचार गरिएको थियो। थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा बालकको स्वास्थ्यको अवस्था गम्भीर भएपछि हेटौँडास्थित सीएमसी चुरी हिल अस्पतालमा भर्ना गरिएको थियो।  उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu