Connect with us
Kapilvast Forest

सामाजिक सञ्जाल विधेयकको विरोधमा बालेनको पोस्ट : बोल्न दे सरकार

२०८१, २३ माघ बुधबारमा प्रकाशित

स्थानीय तहको दोस्रो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वारी दिँदा मेयर बालेन्द्र शाह (बालेन) ले गाएको ‘बलिदान’ एल्बमको गीत भाइरल भएको थियो ।त्यतिबेला गीतको ‘गरिबको चमेलीको बोल्दिने कोही छैन …’ भन्ने क्लिप धेरै भाइरल भएको थियो । उनले बुधबार ‘बलिदान’ एल्बमकै अर्को क्लिप ‘मलाई बोल्न दे’ सरकार भनिएको क्लिप सेयर गरेका हुन् । सरकारले संसदमा दर्ता गरेको सामाजिक सञ्जाल विधेयक २०८१ विधेयक विरोध स्वरुप उक्त क्लिप सेयर गरेका छन् ।

सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने भन्दै विधेयकमा वाक स्वतन्त्रता वञ्चित गरेकोमा विरोध स्वरूप गीत पुनः सेयर गरेको उनको सचिवालयले जनाएको छ । ‘मेयरले के भन्नु खोज्नु भएको गीतको क्लिपमा प्रष्टै छ । सरकारले बोल्न नदिने विधेयक ल्याएपछि विरोध गरेको कुरा हो,’ सचिवालयका एक सदस्यले  भने । उनले बोल्न नदिने ऐन ल्याउने सरकारको कदमको विरोध गरेको बताएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu