Connect with us
Kapilvast Forest

अध्यादेश स्वीकृत गर्न सांसद संख्या पुग्ने कांग्रेसको विश्वास

२०८१, २३ माघ बुधबारमा प्रकाशित

बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश स्वीकृत गर्ने विषय कार्यसूचीमा छ । दुवै सभाबाट अध्यादेश स्वीकृत गराएर प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी छ । तर, राष्ट्रिय सभामा अध्यादेश स्वीकृतका लागि आवश्यक संख्या सत्तारुढ दललाइ पुर्‍याउन नदिने कसरतमा विपक्षी दलहरू छन् ।राष्ट्रिय सभामा रहेका दलहरूले बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरूलाई भनेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस पनि अध्यादेश स्वीकृत गर्नका लागि आवश्यक संख्या पुर्‍याउन अन्य दलहरूसँग आन्तरिक छलफलमा छ ।राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्ण सिटौला अध्यादेश अस्वीकृत भएको संसदीय इतिहास नेपालसँग नरहेको बताउँछन् । उनी भन्छन्, ‘प्रतिस्थापन विधेयक पास नभएका उदाहरण छन् तर, अध्यादेश नै अस्वीकृत भएका उदाहरण हामीसँग छैनन् ।’

बिहीबार पनि राष्ट्रिय सभामा अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुँदा आवश्यक संख्या पुग्ने उनको विश्वास छ । ‘आवश्यक संख्या पुग्छ र अध्यादेश स्वीकृत भएर प्रतिस्थापन विधेयक आउने बाटो खुल्छ’ सिटौलाले भने । ५९ सदस्यीय राष्ट्रिय सभामा सबै सांसद उपस्थित भएको खण्डमा अध्यादेश स्वीकृतिका लागि ३० जना सांसद आवश्यक पर्छ । सरकारमा रहेका दलहरूसँग कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर २७ जना सांसद छन् ।

मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनित सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिने सत्तारुढ दलहरूको विश्वास छ । कांग्रेसकै अर्का एक नेता राष्ट्रिय सभामा अध्यादेश स्वीकृतिको पक्षमा ३२ सांसद पुग्ने दाबी गर्छ । उनका अनुसार जनता समाजपादी पार्टी नेपालका तीन जना सांसदले समेत मत दिनेछन् र अध्यादेश स्वीकृतिको पक्षमा ३२ जना सांसद पुग्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu