Connect with us
Kapilvast Forest

संसदमा बिहीबार अनिवार्य उपस्थिति हुन सांसदहरूलाई निर्देशन

२०८१, २३ माघ बुधबारमा प्रकाशित

बिहीबार राष्ट्रिय सभाको बैठकमा अनिवार्य उपस्थितिका लागि राजनीतिक दलहरूले आफ्ना सांसदलाई निर्देश गरेका छन् । राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्ष दुवैतिर उस्तै संख्या छ । यस्तो अवस्थामा अध्यादेशहरू निर्णयार्थ पेस गर्न लागिएकाले दलहरूले आ-आफ्ना दलका सांसदलाई सभाको बैठकमा अनिवार्य उपस्थिति हुन निर्देश गरेका हुन् । राष्ट्रिय सभामा रहेका दलका प्रमुख सचेतक र सचेतकले म्यासेज र टेलिफोनबाटै सांसदहरूलाई काठमाडौं भए नछाड्न र बाहिर भए बुधबार बेलुकीसम्म आइसक्न भनेका छन् ।५९ सदस्यीय राष्ट्रिय सभामा कांग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर सत्तापक्षतर्फ २७ जना सांसद छन् । मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनित सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिँदा २९ पुग्छ । विपक्षमा पनि उस्तै मत छ । माओवादी केन्द्र (१७), नेकपा एकीकृत समाजवादी (८) र राष्ट्रिय जनमोर्चा (१) गरेर २६ जना सांसद विपक्षी मोर्चामा छन् । राष्ट्रिय सभामा तीन जना सांसद रहेको जनता समाजवादी पार्टी नेपाल भने निर्णयमा पुगिसकेको छैन । राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशको अध्ययन गरिरहेको छ । जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान बस्दैछ । उक्त बैठकबाट निर्णय लिइने जसपा नेपालका नेताहरू बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu