Connect with us
Kapilvast Forest

पूर्वमन्त्री शाहद्वारा कपिलवस्तु विकासका लागि योजना माग

२०८१, २३ माघ बुधबारमा प्रकाशित

  1. न्युजसेन्टर नेपाल-काठमाडौ-

नेपाल सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री तथा संविधानसभा सदस्य अकबाल अहमद शाहले कपिलवस्तुको समग्र विकासका लागि संघीय सरकारसँग विभिन्न योजना माग गर्नुभएको छ ।

नेकपा एमाले नेता समेत रहेका पुर्व मन्त्री शाहले कपिलवस्तुको स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, भौतिक पूर्वाधार तथा सिंचाइ विकासलाई प्राथमिकता दिँदै सम्बन्धित मन्त्रालयसँग पहल गर्नुभएको छ ।

उहाँले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खडकासँग भेट गर्दै कपिलवस्तुमा सिंचाइ सुविधा विस्तार तथा नदी नियन्त्रणका लागि माग गर्नुभएको हो ।

शाहले कृष्णनगर नगरपालिका-१ स्थित सुरही नदीले गरेको कटान रोकथाम तथा कृष्णनगर-१२ को नारायणडिहवा क्षेत्रमा चरगहवा नदीमा टटबन्ध निर्माणको लागि बजेट बिनियोजन गर्न माग गर्नु भएको छ ।

नदि कटानले कपिलवस्तुको खेतीयोग्य जमिन काटन गरेकाले योजना माग गरेको बताउनु भयो  ।

त्यसैगरी शाहले कृष्णनगर नगरपालिकाको औरहवा क्षेत्रमा सुरही नदी नियन्त्रण तथा विजयनगर गाउँपालिकाको ठकुरापुर कटुवा, गेडुवाजोतस्थित चिरही नदीमा टटबन्ध निर्माणका लागि योजनाको माग गर्नुभयो ।

विजयनगर गाउँपालिकाको वडा नं ३ पत्थरदेइया र वडा नम्बर ४ को वरगदवामा कुनै पनि सिँचाइ सुबिधा नभएकोले सिँचाइका लागि ट्युबवेल वा डिपबोरिङको व्यवस्थापन गरिदिनुहुन सिँचाई मन्त्री खडकासँग पुर्वमन्त्री शाहले माग गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खडकाले कपिलवस्तुको विकासमा सरकार प्रतिबद्ध रहेको बताउँदै नदी कटान नियन्त्रणका लागि विशेष ध्यान दिने आश्वासन दिनुभयो ।

साथै केही दिनभित्रै कपिलवस्तु क्षेत्रको अनुगमन गर्न समय मिलाउने जानकारी दिँदै पूर्वमन्त्री शाहलाई विकासको पहलका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu