Connect with us
Kapilvast Forest

पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक

२०८१, २६ माघ शनिबारमा प्रकाशित

पोखरा

पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने तयारी भएको छ ।  सरकारले गत वर्ष चैत ४ गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको थियो । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा फाल्गुन ३ गते गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो ।पोखरा भ्रमण वर्षमा स्वदेशी तथा विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँको भनाइ छ । ‘भ्रमण वर्ष भरी नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ उहाँले भन्नुभयो,‘ विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’

घोषणा कार्यक्रमलाई व्यवस्थित र भव्य बनाउन नगर प्रमुख आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मुलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठान गरिएको छ । यसका साथै पर्यटन क्षेत्रको प्रतिनिधित्व हुने गरी ४३ वटा उपसमिति गठन गरिएको आचार्यले बताउनुभयो । पोखरामा क्रियाशील सरकारी र गैरसरकारी सङ्घसंस्था, ४ वटै सुरक्षा निकाय, उद्योगी व्यवसायी, सूचना तथा सञ्चार क्षेत्र, राजनीतिक दल, टोल विकास संस्था, अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधि लगायतलाई समिति तथा उपसमितिमा सदस्य राखिएको छ ।

घोषण सभामा तीन वटै सरकारको सहभागिता हुने आचार्यले बताउनुभयो । घोषणा सभामा उप्रप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको सहभागितामा भ्रमण वर्ष घोषण गर्ने कार्यक्रम छ । माघ २९ गते पत्रकार सम्मेलन गरी भ्रमण वर्ष घोषणा कार्यक्रम बारेको सम्पूर्ण जानकारी गराइने आचार्यले बताउनुभयो । शुक्रवार भ्रमण वर्ष तयारी मुलसमितिको बैठक बसेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu